
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशबासीलाई सम्बोधन गर्दै संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी बनाउने निर्णय जम्मू कश्मीरको पक्षमा भएको बताएका छन् ।
साथै जम्मू कश्मीरमा छिट्टै चुनाव हुने बताए ।
पाकिस्तानको तनावका बीच मोदीले बिहीबार साँझ देशबासीलाई सम्बोधन गरेका थिए ।
भारतले आफ्नो संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी पार्दै जम्मू कश्मीरलाई लिइएको विशेष राज्यको दर्ता खोसेर राज्य पुनर्गठन गरेको छ ।
पाकिस्तानले भने यसलाई अवैध भन्दै हस्तक्षेप गर्न अन्तराष्ट्रिय समुदायलाई अपील गरेको छ । उसले भारतसँग व्यापार र यातायात सम्बन्ध तोडेको छ भने राजनीतिक सम्बन्धलाई सिमित बनाउने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4