
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्र विकास हुँदै गएको बताएकी छिन् । यो बर्ष आफूले काम गरेका दुबै चलचित्रको कथा निकै नै राम्रो पाएको भन्दै उनले आफूलाई भाग्यमानी समेत भनिन् । साम्राज्ञीले भनिन्–‘अहिले चलचित्र क्षेत्र विकसित भैरहेको छ । स्क्रिप्टमा पनि विविधता आउन थालेको छ ।’ पहिले आफूले एकै प्रकारको कथा पाएको भन्दै उनले काम गर्नैपर्यो भनेर गरेको समेत सुनाइन् ।
उनले भनिन्–‘सधै एउटै खालको कथा आउथ्यो । काम त गर्नैपर्यो भनेर मैले केही चलचित्रमा काम गरेँ । तर, बल्ल मैले राम्रो कथा पाएँ ।’उनले चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ दुबै महिला केन्द्रित भएको समेत सुनाइन् । यस्तै, मिडियाकर्मीको अर्को एक प्रश्नमा नायिका साम्राज्ञीले सामाजिक संजालमा आफूले राखेको कुनै पनि पोष्टको चर्चा हुने बताइन् ।
उनले भनिन्–‘मैले चर्चाकै लागि कुनै पोष्ट गर्दिनँ । तर, पोष्ट सार्वजनिक भएपछि चर्चा हुन्छ ।’
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4