+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिमेन्ट उद्योगीको प्रस्तावः विदेशी लगानी रोकौं, सडकमा कालोपत्रे बन्द गरौं

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते २०:०७

२४ साउन, काठमाडौं ।  सिमेन्ट उद्योगका लागि थप विदेशी लगानी नभित्र्याउन नेपाली सिमेन्ट उत्पादकले माग गरेका छन् । पछिल्लो समय नेपालमा सिमेन्ट उत्पादन वृद्धि भएको तर सोही अनुसारको बजार नबढेकाले आन्तरिक बजारमा खपतको अवस्था नरहेको उनीहरुको तर्क छ ।

त्यसैकारण अब नयाँ बजार सिर्जना नभएसम्म विदेशी लगानी जरुरी नभएको व्यवसायीले बताए । शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको सिमेन्ट उत्पादक समस्या र समाधान विषयको छलफलमा यस्तो माग उठेको हो ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले सिमेन्ट उद्योग खोल्न र सञ्चालन गर्न सरकारी प्रक्रिया निकै झन्झटिलो भएको बताए । उद्योगलाई वातावरण संरक्षणका नाममा दुःख दिईएको गुनासो पनि गरे ।

कानुनी अस्पष्टता र दोहोरो कर प्रणालीले दुःख दिएको व्यवसायीको भनाइ छ । अध्यक्ष थापाले स्वदेशी कच्चापदार्थबाटै चलेको डेढ खर्बको व्यवसायलाई सरकारले हेर्ने नजर बदल्नु पर्ने बताए ।

‘सिमेन्ट र पर्यटन व्यवसाय नेपालको मेरुदण्ड हो, यसलाई विभिन्न बाहानामा हतोत्साही नबनाऔं,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले भने ,’सडक बिजुली जस्ता पूर्वाधार सरकारले सहजीकरण गरोस् ।’

उद्योगीले सडक पिच नगर्ने नीति लिन सरकारलाई सुझाव पनि दिए । नेपाली उत्पादनको सिमेन्टमार्फत कंकि्र्रट सडक बनाउनुपर्ने अध्यक्ष थापाले बताए ।

त्यसको जवाफमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले उचित समयमा कंक्रिट सडकबारे कुरा उठेको बताए ।

‘सरकार सकारात्मक छ ठीक समय आएपछि निर्णय हुन्छ,’ उनले भने,’ठूला द्रुत मार्ग सरकारको प्राथमिकता भएको र यस्ता ठाउँमा ढलान सडक अनिवार्य हुन्छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?