+
+

गण्डकी प्रदेशमा लोकसेवा आयोग विधेयक प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १९:१५

२६ साउन, पोखरा । गण्डकी प्रदेशको प्रदेश लोक सेवा आयोगको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार प्रमाणीकरण गरेका हुन् ।  लोक सेवासम्बन्धी विधेयक प्रमाणीकरण भएपछि अब गण्डकी प्रदेश सरकारलाई कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न बाटो खुलेको छ ।

विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?