Comments Add Comment

अक्षय कुमारको ‘मिशन मंगल’का बारेमा ११ रोचक तथ्य

खिलाडी ब्वाई अक्षय कुमार सानो बजेटको फिल्ममा धमाका मच्याइरहेका छन् । आमिर, सलमान, शाहरुख जस्ता खानहरु एकपछि अर्को चिप्लदै गर्दा अक्षय भने सानै बजेटको फिल्मबाट आफुलाई अब्बल सावित गरिरहेका छन् ।

अतः उनै अक्षयको अर्को फिल्म ‘मिशन मंगल’ भने प्रदर्शनको तयारीमा छ । उनको फिल्मबारे यहाँ केही रोचक जानकारी पेश गरिएको छ ।

१. अगष्ट १५ अर्थार्त आगामी बिहिबारदेखि प्रदर्शन हुने बलिउडको फिल्म मिशन मंगलमा अक्षय कुमार इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन -इसरो) का एक सीनियर साइन्टिस्ट राकेश धवनको चरित्र निर्वाह गरिरहेका छन् ।

२. मिशन मंगल वास्तविक घटनामा आधारित छ । यो फिल्म ती व्यक्तिहरुमा आधारित छ, जसले भारतको मिशन मंगल अभियानलाई सफल बनाएका थिए ।

३. फिल्मको कथा सन् २०१३ मा इसरोद्वारा मार्स अर्बिटर मिशनमा आधारित छ । मास अर्बिटर मिशन अनुसार मंगल यान ५ नोभेम्बर २०१३ का दिन इसरोले लञ्च गरेको थियो ।

४. मिशन मंगल हिन्दी बाहेक मराठी भाषामा पनि प्रदर्शन हुनेछ ।

५. अक्षय कुमारले यो फिल्मका लागि आफ्नो पारिश्रमिक लिनुको साटो नाफाको शेयर लिएका छन् । अन्यथा, उनी एउटा फिल्मबाट २८ देखि ४२ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गर्छन् ।

६. चर्चा त के पनि छ भने फिल्ममा अक्षय कुमार मुख्य भूमिका नभएर अतिथि कलाकारको भूमिकामा मात्र देखिने छन् । पुरै फिल्ममा उनको रोल करिव २५ मिनेटको भएको बताइन्छ ।

७. ‘मिशन मंगल’ को कथा तयार पार्ने प्रेरणा २०१६ को हलिउड फिल्म ‘हिडन फिगर्स’ बाट लिइएको हो । हिडन फिगर्समा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अश्वेत महिला गणितज्ञ-वैज्ञानिकहरुको वास्तविक कथा थियो ।

८. यो फिल्ममा अक्षय कुमारसँग ५ अभिनेत्रीहरुले प्रमुख चरित्र निर्वाह गरेका छन् ।

९. ‘मिशन मंगल’ महिला सशक्तीकरणमा आधारित छ । रमाइलो कुरा के छ भने फिल्मका अभिनेत्रीहरु सोनाक्षी सिन्हा, तापसी पन्नू, विद्या बालन तथा कीर्ति कुल्हारीले महिला सशक्तीकरणमा आधारित फिल्महरु अथवा वेब सिरिजहरुमा पहिला पनि काम गरिसकेका छन् ।

१०. अभिनेत्री नित्या मेमनको यो डेब्यू फिल्म हो, तर मिशन मंगलभन्दा पहिला उनले दक्षिण भारतको अर्को एउटा फिल्म साइन गरेकी छिन्, जुन तमिलनाडूकी मुख्यमन्त्री जयललिताको जीवनमा आधारित छ ।

११. अक्षय कुमार प्रायः फिल्मको पुरै स्क्रिप्ट पढेपछि मात्र उक्त फिल्मको सम्झौता पत्रमा हस्ताक्षर गर्छन्, तर मिशन मंगलमा भने उनले पुरै स्क्रिप्ट नपढिकनै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment