+
+
Shares

लाइसेन्सको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १४:५८

२७ साउन, काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही  रहेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा आइबार सञ्चालित ट्रायल परीक्षामा सुर्खेतका दिनेश अधिकारीको नाममा ट्रायल दिने क्रममा शाहीलाई पक्राउ गरेको हो ।

उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?