Comments Add Comment

नेपाली महिला टीमले किर्गिस्तानमा फुटबल प्रतियोगिता खेल्ने

२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टीमले किर्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले किर्गिस्तानमा महिला टीमले प्रतियोगिता खेल्ने जानकारी दिएको हो । चार देशको सहभागिता हुने प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहने छन् ।

प्रतियोगिता आगामी सेप्टेम्बर ६ देखि १३ तारिखसम्म आयोजना हुनेछ । यो प्रतियोगितामा नेपालले सहभागिता जनाउनुको मुख्य उद्देश्य नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राम्रो प्रदर्शन गर्नु हो ।

खेलाडीलाई म्याच एक्सपोजरको रुपमा यो प्रतियोगितामा भाग लिएको एन्फाले जनाएको छ । साग खेलकुद नेपालमा आगामी डिसेम्बर एकदेखि १० तारिखसम्म हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment