Comments Add Comment

सरकारले माग्यो भ्रमण वर्षमा निजी क्षेत्रका कार्यक्रम

२९ साउन, काठमाडौं । सरकारले निजी क्षेत्रबाट नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको छ ।

नेपाल भ्रमण वर्ष सचिवालयले पहिलो पटक निजी क्षेत्रबाट प्रस्ताव माग गरेको हो । नेपाल भ्रमण वर्षको उद्देश्यसँग मेल खाने पर्यटन प्रवर्द्धनका कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गरिने सचिवालयको भनाइ छ ।

सभा–सम्मेलन, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, मेला, उत्सव–महोत्सव, परिचयात्मक भ्रमण, विशेष जात्रा एवम पर्वजस्ता गतिविधि सञ्चालनमा सचिवायले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । यसबाहेक राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्राण्ड प्रमोशनका कार्यक्रममा पनि सचिवालयले सहकार्य गर्ने प्रस्ताव गरेको छ ।

सचिवालयमा प्रस्ताव पठाउँदा यस्तो कार्यक्रमले दिने योगदानको विषयमा पनि उल्लेख गर्न भनिएको छ । स्थानीय तहमा हुने कार्यक्रममा निजी क्षेत्रले तल्ला सरकारहरुबाट पनि अनुमति लिनुपर्ने भए त्यसको स्वीकृति वा संलग्नताको पत्र आवश्यक हुने बताइएको छ ।

सचिवालयले निजी क्षेत्रसँग सहकार्य गर्न नसकेको भन्दै आलोचना भएको  छ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ ।

हेर्नुस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment