Comments Add Comment

पूर्वमा ८२ हजार टन सुपारी बजार नपाएर कुहिँदै

Photo Credit : फाइल तस्वीर

२८ साउन, काठमाडौं । झापासहित पूर्वी नेपालका जिल्लामा उत्पादित हजारौं टन सुपारीले बजार नपाएर किसान मारमा परेका छन् । भारत निर्यात रोकिनु र स्वेदशी बजारमा माग नहुनुले सुपारी बिक्री नभएका हुन् ।

झापाका सुपारी किसान देवीप्रसाद खतिवडाका अनुसार आर्थिक वर्ष ०७२/०७३ देखि पूर्वी नेपालमा फलेको सुपारी निर्यात ठप्प छ । नेपाल–भारत वाणिज्य कानुनअनुसार नेपालले निर्यातजन्य कृषि उत्पादनको सूचीमा सुपारीलाई नराख्दा निर्यात ठप्प भएको नेपाल सुपारी प्रशोधन तथा व्यवसायी संस्था झापाले जनाएको छ ।

संस्थाका अध्यक्ष देवी खतिवडाका अनुसार इलाम, झापा, सुनसरी, मोरङ लगायतका जिल्लामा उत्पादित करिब ८२ हजार मेक्ट्रिक टन सुपारी बजार नपाएर कुहिने अवस्थामा पुगेको छ । तीन आर्थिक वर्षमा फलेका सुपारीको औसत मूल्य एक अर्बभन्दा धेरै भएको किसानहरुले बताएका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/०७३ मा सुनसरीमा १४ हजार, इलाममा ५९२, मोरङमा २ हजार ८८२, तथा झापामा ९ हजार ८८६ मेक्ट्रिकटन सुकाइएको सुपारी निर्यात भएको थियो । त्यस याताका वर्षदेखि सुपारी निर्यात ठप्प छ । झापामा २ हजार ६८५ हेक्टर जमिनमा सुपारीको खेती हुँदै आएको छ ।

साना ठूला गरेर सुपारी खेतिमा ३८ वटा सहकारी झापामा सक्रिया रहेको कृषि ज्ञान केन्द्र झापाले जनकारी दिएको छ । झापामा मात्रै वार्षिक ९ हजार मेक्ट्रिक टन सुपारी उत्पादन हुने गरेको छ ।

नेपालमा उत्पादन भएको काँचो सुपारी भारतले खरिद गर्नै नमान्नु, नेपालमा प्रशोधन कारखाना नहुनु, बङ्गलादेशमा निर्यात गर्ने व्यवस्था नहुनु जस्ता कारणले पनि नेपाली किसान सधैँ सकसमा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment