+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
२६ बलमा १७ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
104/1 (15.4)
Shares

साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

रासस रासस
२०७६ साउन ३० गते १५:५३

३० साउन, काठमाडौं । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ ।

नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए ।

उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट पुगेका थिए ।

यसअघि श्रद्धाञ्जलिका लागि कालिकास्थानमा रहेको उनको निवासमा उनको दीक्षितको शव राखिएको थियो । निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुगेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?