+

क्रिकेट विश्वकप लिग टू : स्कटल्यान्डमाथि ओमान विजयी

२०७६ साउन  ३१ गते ७:४७ २०७६ साउन ३१ गते ७:४७
क्रिकेट विश्वकप लिग टू : स्कटल्यान्डमाथि ओमान विजयी

३१ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग टू’ मा घरेलु टोली स्कटल्यान्डलाई ओमानले आठ विकेटले पराजित गरेको छ ।

बिहीबार राति सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो खेलमा ओमानले स्कटल्यान्डलाई सहज रुपमा पराजित गरेको हो । १६९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४५.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेटायो ।

ओमानको जितमा खवार अलीले अविजित ७९ रन बनाए । त्यस्तै, अकिब लियसले ६१ रनको योगदान दिए ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १६८ रन मात्रै बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान कायल कोएटजरले ५६, क्राइग वालेन्सले ३६ र माथेव क्रसले ३३ रन बनाए ।

बलिङतर्फ खवार अलीले ९ ओभर बलिङ गर्दै २३ रन खर्चिएर चार विकेट लिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय