+
+

राष्ट्रियसभाका अध्यक्ष चढेको हेलिकोप्टर आकस्मिक अवतरण

रासस रासस
२०७६ साउन ३१ गते १९:३५
Photo Credit : फाइल तस्वीर

३१ साउन, रुकुमपूर्व । मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ ।

बागलुङको ढोरपाटन पुगेका उनी पोखरा जाने क्रममा मौसम प्रतिकुल भएपछि रुकुमपूर्वमा हेलिकोप्टर अवतरण गरिएको प्रहरीले जनाएको छ ।

मौसममा आएको प्रतिकूलताका कारण हेलिकोप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?