Comments Add Comment

बेलायतमा ‘कैदीको पत्र’

साहित्यकार स्वर्गीय इश्वर मानन्धरको कथा ‘कैदीको पत्र’मा आधारित रहेर साहित्यकार सनमकुमार बैरागले चलचित्र निर्माण गरिरहेका छ । जुलाई २६ बाट यो चलचित्रको छायांकन बेलायतमा भैरहेको छ । चलचित्रको निर्देशन सनमकुमार बैराग आफैले गरिरहेका छन् । चलचित्रमा उनको पटकथा, संवाद र गीत छ ।

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक यूवक र स्कटिस यूवतीको प्रेम कथामा यो चलचित्र निर्माण भैरहेको छ । यो चलचित्रमा म्याडिसन लाजारस, कुनाल बिश्व,सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरणप्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ ।

रामेश्वर कार्कीको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको चलचित्रमा रामशरण कोइराला र सुस्मिता थापा सहायक निर्देशकको रुपमा छन् । हुन । कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिल घले निर्माता रहेको यो चलचित्रको ५० प्रतिशत छायांकन सकिएको छ ।

हालसम्म चलचित्रको छायांकन स्कटल्याण्ड कोक्रिफ, आवरफेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवनल लगायतका स्थानमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment