Comments Add Comment

प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको जवाफ : यो सरकारको आयु चुनाव नहुँदासम्म मात्र हो

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिलेको सरकारको आयु ५ वर्षमात्र भएको टिप्पणी गरेका छन् ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आउँदो चुनावपछि मलाई (सरकारमा) बस्न मन छैन’ भनेका थिए ।

लगतै विशेष समयमा बोल्दै कांग्रेस सांसद रिजालले प्रधानमन्त्रीलाई काउन्टर दिएका हुन् । रिजालले भने ‘ठीक हो प्रधानमन्त्रीज्यू, यस्तो काम गरेपछि त अर्कोपल्ट कांग्रेसबाहेक अरु कसको सरकार बन्नै सक्दैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो संबोधनका क्रममा आफूहरुले लोकतन्त्रका लागि लडेर आएको भन्दै लोकतन्त्रप्रतिको प्रतिवद्धतामा प्रश्न नउठाउन आग्रह गरेका थिए ।

जवाफमा सांसद रिजालले एक पटक लोकतन्त्रका लागि लड्दैमा जीवनभर जे गर्न पनि लाइसेन्स नपाइने बताए ।

‘प्रधानमन्त्रीज्यूले लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो, प्रधानमन्त्रीको वाम आन्दोलन, त्यसपछिको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको सम्मान गर्छु । तर भिन्नता हेक्का रहोस् प्रधानमन्त्रीज्यू, सरकार लडेको होइन, लडेको मान्छेहरुले बनाएको सरकार होला ।’

उनले एक पटकको लडाईले जीवनभरलाई जे गर्न पनि लाइसेन्स नपाइने बताए । ‘हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा पनि गए’ रिजालले भनेका छन् ।

कांग्रेस सांसद रिजालले प्रधानमन्त्री ओली तन्दुरुस्त र स्वस्थ देखेर खुशी लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment