Comments Add Comment

श्रीलंकाले जित्यो न्युजिल्यान्डसँगको पहिलो टेष्ट

Photo Credit : आईसीसी

१ भदौं, काठमाडौं । आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट क्रिकेट खेल श्रीलंकाले जितेको छ ।

घरेलु टोली श्रीलंकाले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । २६८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले अन्तिम दिन आज चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुनरत्नेले शतकसहित १२२ रन बनाएपछि जित सम्भव भएको हो । त्यस्तै लाहिरु थिरिमानलेले ६४ रन बनाए ।
यसअघि श्रीलंकाले आफ्नो पहिलो पारीमा २६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सबै विकेटको क्षतिमा २४९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि रोस टायलरले ८६ रन बनाएका थिए । बलिङतर्फ एकिला धननजयले पाँच र सुरंगा लकमलले चार विकेट लिएका थिए ।

दोस्रो पारीमा भने न्युजिल्यान्डले २८५ रनमा सबै विकेट गुमाएपछि श्रीलंकाले मध्यम लक्ष्य पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment