Comments Add Comment

पीएसजीले नेयमारलाई लोनमा पनि पठाउन सक्छ

१ भदौ, काठमाडौं । ब्राजिलियन स्ट्राइकर नेयमार फ्रान्सेली च्याम्पियनको जर्सीबाट बाहिर आउन चाहन्छन् । बार्सिलोना, रियल मड्रिड र युभेन्टस पनि उनलाई भित्र्याउन तयार छन् ।

तर कुनै क्लबसँग पनि सहमति जुटेको छैन । अब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नेयमारलाई लोनमै भए पनि अर्को क्लबमा पठाउने तयारी गरेको गोलले जनाएको छ ।

ट्रान्सफरको केन्द्रमा रहेका नेयमार पीएसजीको प्रि सिजन ट्रेनिङमा पनि सहभागी भएनन् । फ्रान्सेली लिग वानमा सुरु हुँदा पनि पीएसजीबाट खेलेका छैनन् ।

नेयमार दुई वर्षअघि कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए । क्लबलाई घरेलु लिगमा सफलता दिलाए पनि युरोपमा अपेक्षाकृत सफलता दिलाउन सकेनन् । बरु बारम्बार चोटले सताइरह्यो ।

पछिल्लो समय उनी आफैं पीएसजी छाड्न आतुर देखिएका छन् । उनलाई भित्र्याउन पूर्व क्लब बार्सिलोनाले पनि हरसम्भव प्रयास गरिरहेको छ भने रियल मड्रिड पनि नेयमारलाई चाहन्छ । इटालियन च्याम्पियन युभेन्टसले पनि चासो देखाएको छ ।

तर पीएसजीले मागेको मूल्य तिर्न कुनै पनि क्लब तयार छैनन् । त्यसैले ट्रान्सफर बन्द हुने दिन नजिकिँदै गर्दा पीएसजीले नेयमारलाई लोनमा पठाउने विकल्पबारे समेत सोच बनाएको गोलले आफ्नो समाचारमा दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment