Comments Add Comment

हवाई सुरक्षाबारे छलफल गर्न चार सय विदेशी काठमाडौंमा

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकहरुको ५६ औं सम्मेलन सुरु हुँदै

२ भदौ, काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै छ । पाँच दिनसम्म चल्ने यो सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ राखिएको छ ।

सम्मेलन अवधिभर बिभिन्न कार्यपत्र पेस हुने छन् । नेपालले मात्रै तीनवटा कार्यपत्र पेस गर्ने प्राधिकरणले जनाएको छ । सम्मेलनमा ४३ देशका दुई ९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने सम्मेलनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यूले पनि सम्बोधन गर्ने छन् । उनी नेपाल आइसकेका छन् ।

एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने छ ।

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको सम्मेलन यसअघि नेपालमा सन् १९७८ र १९९८ मा पनि आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment