Comments Add Comment

सुरक्षाविद भन्छन्- विमानस्थलमा नाराबाजी गर्नु सामन्ती संस्कार हो

२ भदौ, काठमाडौं । सरकारले गत वर्ष असार १ देखि लागू हुने गरी माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले माइतीघर लगायतका सार्वजनिक स्थानमा प्रर्दशन, नारा, जुलुस गर्न नपाइने निर्णय तत्कालन कार्यान्वयन नगर्न आदेश सुनायो ।

राजधानीको सुरक्षालाई ध्यानमा राखेर अहिले पनि शीतलनिवास, प्रधानमन्त्रीनिवास बालुवाटार, संसद् भवन नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास आसपासका स्थानलाई अहिले पनि निषेधित क्षेत्र तोकिएको छ ।

तर, अन्तरराष्ट्रिय विमानस्थलजस्तो सुरक्षाका हिसाबले अति सम्वेदनशील स्थानमा गणतन्त्रकै विरुद्ध नाराबाजी गर्न सरकारले छुट दिएको छ ।

पूर्वयुवराज पारस शाह आइतबार विमानस्थलमा पुग्दा त्यहाँ राजतन्त्रका समर्थकहरुले व्यवस्थाकै विरोधमा चर्को नारावाजी गरे । पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहको तस्वीर अंकित टिसर्टलगाएका युवाले विमानस्थल परिसरमै नारावाजी गरेका हुन् ।

त्यही क्रममा नारावाजी गर्ने कार्यकर्ता ठानेर पारसका छोरालाई रोक्न खोज्दा पारस शाह प्रहरीमाथि जाइलागे

विमानस्थल प्रहरीका पूर्वप्रमुख विज्ञानराज शर्मा विमानस्थलमा यसरी नारावाजी र जुलुस निकाल्ने प्रवृत्तिलाई सरकारले नियमन गर्नुपर्ने बताउँछन् ।

‘एक त विमानस्थल आफैं सानो छ, त्यसमाथि कतिपयले भीआईपी गेट नै खोल्दिनुपर्‍यो भनेर दबाव दिने गर्छन्’, पूर्वअतिरिक्त महारिनीक्षक शर्माले अनलाइनखबरसँग भने, ‘त्यहाँ पास दिने नागरिक उड्डयन कार्यालयले हो तर, उनीहरु यो कुरा बुझ्दैनन् ।’

यो पनि पढ्नुहोस विमानस्थलमा पारसको दुर्व्यवहार : प्रहरीले थाल्यो छानविन

विमानस्थलमा भीडभाड र नाराबाजी हुनु ठूलाबडा भनिएकाहरुमा रहेको सामन्ती संस्कारको उपज भएको शर्माको ठम्याइ छ । ‘यो सोच र मानसिकताकै कुरा हो’, उनले भने, ‘जयजयकार गरिदियोस् भन्ने सोच छ । कार्यकर्ताले झण्डा लिएर आए पनि तोकिएको ठाउँमा बसिदेऊ भन्ने हो भने कुनै समस्यै हुँदैन ।’

पूर्वएआइजी शर्माले भीआइपीका समर्थकहरु विमानस्थलको आगमन वा प्रस्थान कक्षको सडकभन्दा पारि नै बस्ने हो खासै समस्या नहुने बताउँछन् । ‘तर, सबै भित्रै आउन खोज्छन्’, शर्माले भने, ‘यसको नियमन हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment