+
+

एनएसीको जापान उडानको सबै तयारी पूरा, १२ भदौमा पहिलो उडान

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते १५:०१

३ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)ले भदौ १२ गतेदेखि जापानमा गरिने  हवाई उडानको तयारी पूरा गरेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अधिकतम आधा लोड पूरा गरेर उडाउने प्रयास भइरहेको बताए ।

सेप्टेम्बर महिनाभर निगमको जापान उडान घाटामा उड्ने र त्यसपछि मात्र क्रमश यात्रु सङ्ख्या बढ्ने उनको अनुमान छ ।

पहिलो उडानका लागि मंगलबारसम्म करिब ९० सिट भरिएको निगमले जानकारी दिएको छ । मुख्य सिजनमा जापानमा अधिकतम ८५ प्रतिशत सम्म सिट भरिने अपेक्षा निगमको रहेको छ । यस रुटमा निगमले वाइडबडी जहाज उडाउदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?