Comments Add Comment

न्यौपानेले ल्याए ‘हाडको डोको’

३ भदौ, काठमाडौं । लेखक दामोदर न्यौपानेले बालबालिकालाई लक्षित गरेर ‘हाडको डोको’ नामक चित्र कथा बजारमा ल्याएका छन् ।

प्रायः बाल मनोविज्ञानलाई विषयवस्तु बनाएर लेख्ने न्यौपानेको यो छैठौं पुस्तक हो । यसअघि उनको ‘ट्यालेन्ट शो’ नामक बाल चित्र कथामा पनि प्रकाशित भइसकेको छ । नेपाली बालबालिकाले भोगिरहेको अवस्थाबारे लेखिएको ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ नामक उनको पुस्तक पनि चर्चित छ ।

‘स्वर्णीम समय’, ‘स्कुल बेच्ने बालक’, ‘एम्बुसमा ६ वर्ष’ लगायतका पुस्तक पनि उनले बजारमा ल्याइसकेका छन् । यो चित्र कथामा डोको कसरी र केबाट बन्छ भन्ने थाहा नपाएका एक बालकको मनोभावलाई समेटिएको न्यौपानेले बताए ।

पुस्तकमा प्रदिप बहिंग राईले चित्र कोरेका छन् भने शिखा बुक्सले बजारमा ल्याएको उनले जनाए । न्यौपाने कान्तिपुर दैनिकमा कार्यरत् पत्रकार पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment