Comments Add Comment

बच्चाको खानपानः शारीरिक र मानसिक विकासका लागि

हरेक आमालाई आफ्नो बच्चा स्वस्थ होस् भन्ने चाहना हुन्छ । यसको लागि उनले धेरै उपायहरु अपनाउने गर्छिन् । के खुवाउने, के गराउने, कस्तो लगाउने, कसरी बच्चाको स्वास्थ्य राम्रो हुन्छ भनेर उनी दिन-रात सोच्ने गर्छिन् ।

बाल्यावस्थाबाट नै बच्चाको खानपान सही भयो भने बच्चा जीवनभर स्वस्थ रहन्छ । तर बच्चालाई के खान दिने, के खान नदिने भन्ने हरेक आमाको लागि समस्याको बिषय बनेको हुन्छ । बच्चाको आहारमा के समावेश गर्दा बच्चालाई पोषकतत्व प्राप्त हुन्छ र ऊ स्वस्थ्य रहन्छ भन्ने आमाको चिन्ताको बिषय बनेको हुन्छ । त्यसैले आज हामी तपाईंहरुलाई बच्चाहरुको आहारको बारेमा बताउँदै छौं ।

गाईको दूध

यदि तपाईंको बच्चाले स्तनपान गर्छ भने एक वर्षसम्म स्तनपान जस्तो राम्रो र स्वास्थवर्द्धक खाना अरु कुनै हुँदैन । एक वर्षपछि दिनमा तीन पटक गाईको दूध सेवन गराउनु बच्चाको लागि उपयुक्त हुन्छ ।

अत्यधिक तागत दिने खाना

बच्चालाई शरीरमा अत्याधिक तागत दिने किसिमका खानेकुरा खान दिनु पर्छ । तर धेरै क्यालोरी भएको खाना दिनु हुँदैन । त्यस्ता खानाले शरीरमा बोसो बढाउने काम गर्छ भने आवश्यकता अनुरुप तागत पनि दिँदैन । धेरै क्यालोरी भएका खानाले बच्चालाई नोक्सान पुर्याउनुका साथै बच्चाको खाने बानी पनि बिगार्ने गर्छ ।

केरा

केरामा त्यस्ता धेरै तत्वहरु समावेश हुन्छन्, जसको आवश्यकता बच्चालाई स्वस्थ रहनका लागि हुन्छ । केरामा फाइबर, पोटासियम, भिटामिन सी र भिटामिन बी ६ प्रचुर मात्रामा हुन्छ । केराको प्यूरी मफीन अथवा प्यान केक बनाएर पनि खुवाउन सकिन्छ ।

आरु

आरु पौष्टिक गुणहरुले भरिपूर्ण छ । आरुमा अत्यधिक मात्रा फाइबर, भिटामिन ए र भिटामिन सी पाइन्छ । यदि तपाईंको बच्चालाई आरु मन पर्दैन भने आरुको जुस बनाएर खान दिन सकिन्छ । यसको मिल्क शेक बनाएर खान दिँदा पनि बच्चा रमाउँदै खान्छन् ।

नासपाती

बच्चाको लागि नासपाती उपयुक्त पोषक तत्व भएको फल मानिन्छ । नासपातीको स्वाद पनि मिठो हुन्छ । यसमा फाइबर, आइरन, भिटामिन बी ६ र भिटामिन सी अत्यधिक मात्रामा पाइन्छ ।

मटर

मटरलाई पनि बच्चाको खानाको रुपमा एक उपयोगी र राम्रो पोषण स्रोतको रुपमा लिन सकिन्छ । मटरमा फाइबर, भिटामिन सी, म्याग्नेसियम, फस्फोरस, भिटामिन ए र बी पाइन्छ । जुन बच्चाको शारीरिक विकासको लागि अति आवश्यक हुन्छ । त्यसैले बच्चाको खानामा मटर समावेश गर्नु आवश्यक छ । मटरलाई जाउलोमा मिसाएर अथवा जुस बनाएर पनि खुवाउन सकिन्छ ।

सखरखण्ड

सखरखण्डमा फाइबर, म्याग्नेसियम, भिटामिन बी ६, भिटामिन ए, भिटामिन सी आदि पोषक तत्व अत्याधिक मात्रामा उपलब्ध पाइन्छ । त्यसैले बच्चा ६ महिना भएपछि सखरखण्ड प्रथम आहारको रुपमा दिन सकिन्छ ।

मासु

मासुले धेरै पोषण दिन्छ । बच्चा ८ महिना भएपछि नै मासु खुवाउन सकिन्छ । बच्चालाई मासु खान दिँदा उमालेर, मसिनो बनाएर, निल्न मिल्ने गरी खान दिनुपर्छ । यसका साथै मासुको सुप पनि बच्चाको लागि उपयुक्त हुन्छ । मासुबाट भिटामिन ए, बी १२, फस्फोरस, प्रोटिन आदि उपयोगी तत्वहरु प्राप्त हुन्छ । मासु हप्तामा एक पटक सेवन गर्नु राम्रो हुन्छ ।

घ्यु

घ्यु मन नपर्ने व्यक्ति सायदै कोही होला । घ्यु सबैको पि्रय हुन्छ । बच्चाको लागि त घ्यु अति नै आवश्यक हुन्छ । बच्चा ८ महिना भएपछि घ्यु उसको खानामा थोरै-थोरै राखेर दिन सकिन्छ । बढी मात्रामा घ्युको सेवनले पाचन प्रक्रियालाई नकारात्मक प्रभाव पार्न सक्छ ।

चिज

तपाईंको बच्चा ८ महिनाको भएपछि उसलाई चिज पनि खान दिन सकिन्छ । चिजमा फस्फोरस, क्याल्सियम र सेलेनियम प्रचुर मात्रामा हुन्छ । बच्चाले यदि स्वाद मन पराउँछ भने चिज त्यसै पनि खान दिन सकिन्छ । यस बाहेक फ्रुट सलादमा पनि चिज मिसाएर बच्चालाई खान दिन सकिन्छ ।

नट्स/बदाम

बच्चाको लागि नट्स अर्थात बदाम अति नै उपयोगी हुन्छ । सुरुमा बदाम, पास्ता, काजु, अंजीर जस्ता नट्स पिनेर दूध अथवा खानामा मिलाएर बच्चालाई खान दिन सकिन्छ । बच्चाले चपाएर खाने भएपछि नट्सको लड्डु अथवा बर्फी बनाएर खुवाउन सकिन्छ । तर अत्यधिक मात्रा सेवन गर्नाले बच्चालाई नोक्सान पुर्याउन सक्छ । त्यसैले यसलाई हप्तामा दुई पटक सेवन गर्नु उपयुक्त हुन्छ । कुनै बच्चालाई नट्स खानाले एलर्जीको हुनसक्छ । त्यसैले डाक्टरको सल्लाह लिएर यसको सेवन गर्नु उपयुक्त हुन्छ ।

ओट्स

ओट्सले पनि बच्चालाई पोषण प्रदान गर्छ । ओट्समा चिल्लोको मात्रा कम हुन्छ र यसमा फाइबरजस्ता उपयोगी पोषण तत्व अत्यधिक हुन्छ । ओट्समा प्रोटिन बराबरको पोषक तत्व समावेश हुन्छ । ओट्सलाई खीर, प्यान केक र फ्रुट डोसाको रुपमा खान दिन सकिन्छ ।

एभोकाडो

एभोकाडो फलमा धेरै मात्रामा फाइबर हुनुको साथै चिल्लोको मात्रा पनि कम हुन्छ । यसलाई ब्रेड अथवा रोटीसँग खान दिन सकिन्छ ।

आलु

आलुलाई बच्चाको पहिलो आहार मानिन्छ । नरम हुने भएकाले यसलाई सजिलै मिचेर खुवाउन सकिन्छ । आलुमा कार्बोहाइड्रेट धेरै पाइन्छ । आलु खानाले बच्चालाई कुनै प्रकारको एलर्जी हुँदैन्ा । सुरुमा बच्चालाई ग्यास नहोस् भनेर थोरै आलु दिनुपर्छ । पछि यसको मात्रा विस्तारै बढाउँदै लानु पर्छ । आलुमा खनिज, भिटामिनबाहेक केरोटेनोयड्स र प्राकृतिक फिनोयल जस्ता रसायन पनि हुन्छ । आलुलाई खिचडी, सुप बनाएर पनि खान दिन सकिन्छ ।

अण्डा

आठ महिनापछि बच्चालाई अण्डा खान दिन सकिन्छ । अण्डालाई उमालेर, फ्राई गरेर खुवाउन सकिन्छ । यसबाहेक खानामा पनि अण्डा समावेश गर्न सकिन्छ । अण्डालाई पेन केक बनाएर पनि खान दिन सकिन्छ । अण्डामा भिटामिन ए अत्यधिक हुन्छ ।

हेल्थ ड्रिङ्क पाउडर

घरमा नै बनाइएको मल्टिग्रेन हेल्थ डि्रंक अथवा हेल्थ पाउडर बच्च्ााको स्वास्थ्यको लागि अति उपयोगी हुन्छ । घरमा भएका अन्न अथवा दालहरुलाई मिसाएर पोषण हेल्थ डि्रङ्क अथवा पाउडर बनाउन सकिन्छ । यस प्रकारको मल्टिग्रेन हेल्थ डि्रङ्क अथवा पाउडर स्वास्थ्यवर्द्धक पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment