Comments Add Comment

नयाँ शोधः यी देशका मानिस सुत्छन् गहिरो निद्रामा

पोषिलो खाना, पानी, अक्सिजन जत्तिकै अपरिहार्य छ निद्रा पनि । निद्रा र स्वास्थ्य आपसमा जोडिएको छ । गहिरो निद्रा स्वास्थ्य शरीरको सूचक हो । जो गहिरो निद्रा सुत्छन्, उनीहरुको स्वास्थ्य ठीक छ भन्ने संकेत मिल्छ ।

यद्यपि अहिले हाम्रो निद्रा विथोलिएको छ । हामी आनन्दपूर्वक सुत्न सक्दैनौं । एक त निदाउने अवधी छोटिएको छ, अर्कोतिर निदाएको बखत पनि हामी गहिरो निद्रामा पुग्न सकिरहेका छैनौं । त्यही कारण अहिले धेरैले निद्राको औषधि खानुपर्ने बाध्यता छ ।

हामी नेपाली कति गहिरो निद्रामा सुत्छौं ? सायदै लेखाजोखा भएका होलान् । हालै एक सर्वेक्षणले भने छिमेकी मुलुक भारतका नागरिक रातिमा सबैभन्दा गहिरो निद्रामा सुत्ने उल्लेख गरेको छ । फिलिप्सका ग्लोबल मार्केट रिसर्च र्फम केजेटी ग्रुपको हालैको सर्वेले उक्त नतिजा देखाएको हो ।

भारतपछि उत्तरी छिमेकी चीनका नागरिक गहिरो निद्रामा सुत्छन् । साथै साउदी अरबका नागरिक पनि गहिरो निद्रामा सुत्ने जनाइएको छ ।

ग्लोबल मार्केट रिसर्च र्फम केजेटी ग्रुपले १२ देशलाई यस सर्वेक्षणमा समेटेको थियो । उक्त देशका १८ वर्ष र त्यसभन्दा माथिका मानिसहरु सर्वेक्षणमा संलग्न थिए । कुल ११ हजार ६ जनामाथि सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा के पाइयो भने विश्वभरका ६२ प्रतिशत वयस्क जब राति सुत्न जान्छन्, उनीहरु गहिरो निद्रामा पुग्नै सक्दैनन् ।

अनिद्राको समस्या सबैभन्दा बढी दक्षिण कोरियामा

अनिद्राको समस्या सबैभन्दा बढी दक्षिण कोरियामा छ । दक्षिण कोरियाका नागरिकहरु राम्ररी निदाउन सक्दैनन् । यसैगरी जापानको हालत पनि त्यस्तै छ । विश्वको वयस्क हप्तामा रातको क्रममा ६ दशमलव ८ घण्टा निद्रा लिन्छन् । त्यसैगरी विदाको दिन राति ७ दशलमव ८ घण्टा निद्रा लिन्छन् ।

सर्वेमा के पाइयो भने प्रत्येक दिन आठ घण्टाको निद्रा पुरा गर्ने १० वयस्क (६३ प्रतिशत) सप्ताहन्तमा अधिक सुत्ने गर्छन् । १० मध्ये चार जनाले भनेका छन् कि उनीहरुलाई पछिल्लो पाँच वर्षयता राम्ररी निद्रा परेको छैन ।

२६ प्रतिशत मानिसले मात्र आफ्नो निद्रा गहिरो भएको बताएका छन् । जबकी ३१ प्रतिशले आफ्नो निदाउने बानीमा कुनै परिवर्तन नआएको बताएका छन् । फिलिप्स ग्लोबल स्लीप सर्वे २०१९ का अनुसार क्यानडा (६३ प्रतिशत) र सिंगापुर (६१ प्रतिशत) मा मानिसमा सबैभन्दा बढी अनिद्राको समस्या छ ।

किन विथोलिदैछ निद्रा ?

किन मान्छेको निद्रा विथोलिदैछ ? यसमा खराब जीवनशैली मुख्य कारण बनेको छ । खासगरी यी पाँच कारणले निद्रा विथोलिने देखिन्छ- चिन्ता, तनाव (५४ प्रतिशत), पर्यावरण (४० प्रतिशत), कार्य वा विद्यालयको शेड्युल (३७ प्रतिशत), मनोरञ्जन (३६ प्रतिशत) र स्वास्थ्य कारण (३२ प्रतिशत) छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment