Comments Add Comment

मेस्सीसँग डिनर खान कुनै समस्या छैन : रोनाल्डो

काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीमध्ये को उत्कृष्ट भन्ने बहस झण्डै एक दशकसम्म चल्यो ।

रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टसतिर लागे तर, अझै यो बहस सकिएको छैन ।

चिरप्रतिद्वन्द्वी मानिने उनीहरुको प्रतिस्पर्धा स्वस्थ मानिन्छ । तर उनीहरुले अहिलेसम्म सँगै बसेर डिनर नगरेको पोर्तुगिज स्टार रोनाल्डाले खुलासा गरेका छन् ।

‘मैले अहिलेसम्म उनीसँग डिनर गरेको छैन तर भविष्यमा किन नगर्ने ? यसका लागि मलाई कुनै समस्या छैन, ’ पोर्चुगिज च्याचल टीभीआईसँग उनले भनेका छन् ।

रोनाल्डो र मेस्सी दशक लामो समयसम्म स्पेनिस ला लिगाको केन्द्रमा रहे । रोनाल्डोले २००९ देखि २०१८ सम्म रियल मड्रिडबाट खेले, त्यसपछि युभेन्टस गए ।

यो अवधिमा बार्सिलोनाले ६ पटक ला लिगा जित्यो भने रियल मड्रिडले दुई पटक । तर युरोेपमा रियल अगाडि रह्यो । उसले चार पटक उपाधि जित्दा बार्सिलोनाले दुई मात्र । दुवैले व्यक्तिगततर्फको सबैभन्दा ठूलो अवार्ड बालोन डि’ओरमा पनि दशकसम्म अरूलाई आउन दिएनन् । दुवैले ५/५ पटक जिते ।

तर दुवैले एकअर्कालाई अझ राम्रो गर्न मद्दत गरेको रोनाल्डोले बताएका छन् । फुटबलमा मात्र होइन, बास्केटबल, फर्मुला वानमा पनि ठूला प्रतिद्वन्द्वी भएको भन्दै उनले भने, ‘मेस्सीले मलाई उत्कृष्ट बन्न सहयोग गरे, उनलाई मैले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment