+

मेस्सीसँग डिनर खान कुनै समस्या छैन : रोनाल्डो

२०७६ भदौ  ५ गते १०:४६ २०७६ भदौ ५ गते १०:४६
मेस्सीसँग डिनर खान कुनै समस्या छैन : रोनाल्डो

काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीमध्ये को उत्कृष्ट भन्ने बहस झण्डै एक दशकसम्म चल्यो ।

रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टसतिर लागे तर, अझै यो बहस सकिएको छैन ।

चिरप्रतिद्वन्द्वी मानिने उनीहरुको प्रतिस्पर्धा स्वस्थ मानिन्छ । तर उनीहरुले अहिलेसम्म सँगै बसेर डिनर नगरेको पोर्तुगिज स्टार रोनाल्डाले खुलासा गरेका छन् ।

‘मैले अहिलेसम्म उनीसँग डिनर गरेको छैन तर भविष्यमा किन नगर्ने ? यसका लागि मलाई कुनै समस्या छैन, ’ पोर्चुगिज च्याचल टीभीआईसँग उनले भनेका छन् ।

रोनाल्डो र मेस्सी दशक लामो समयसम्म स्पेनिस ला लिगाको केन्द्रमा रहे । रोनाल्डोले २००९ देखि २०१८ सम्म रियल मड्रिडबाट खेले, त्यसपछि युभेन्टस गए ।

यो अवधिमा बार्सिलोनाले ६ पटक ला लिगा जित्यो भने रियल मड्रिडले दुई पटक । तर युरोेपमा रियल अगाडि रह्यो । उसले चार पटक उपाधि जित्दा बार्सिलोनाले दुई मात्र । दुवैले व्यक्तिगततर्फको सबैभन्दा ठूलो अवार्ड बालोन डि’ओरमा पनि दशकसम्म अरूलाई आउन दिएनन् । दुवैले ५/५ पटक जिते ।

तर दुवैले एकअर्कालाई अझ राम्रो गर्न मद्दत गरेको रोनाल्डोले बताएका छन् । फुटबलमा मात्र होइन, बास्केटबल, फर्मुला वानमा पनि ठूला प्रतिद्वन्द्वी भएको भन्दै उनले भने, ‘मेस्सीले मलाई उत्कृष्ट बन्न सहयोग गरे, उनलाई मैले ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय