+

कमनवेल्थ खेलकुदमा पहिलो पटक महिला क्रिकेट समावेश

२०७६ भदौ  ५ गते १५:४० २०७६ भदौ ५ गते १५:४०
कमनवेल्थ खेलकुदमा पहिलो पटक महिला क्रिकेट समावेश

५ भदौ, काठमाडौं । सन् २०२२ मा इंग्ल्यान्डमा आयोजना हुने कमनवेल्थ खेलकुदमा महिला क्रिकेटलाई समावेश गरिएको छ ।

कमनवेल्थ खेलकुद महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महिला क्रिकेटलाई समावेश गरिएको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले क्रिकेटलाई पनि समावेश गर्न कमनवेल्थ खेलकुद महासंघलाई आग्रह गर्दै आएका थिए ।

योसँगै इतिहासमै पहिलो पटक महिला क्रिकेटलाई कमनवेल्थ खेलकुदमा समावेश गरिएको हो ।

यसअघि सन् १९९८ मा मलेसियामा भएको कमनवेल्थ गेम्समा पुरुष क्रिकेटलाई समावेश गरिएको थियो । टी-२० फम्र्याटमा हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय