Comments Add Comment

‘जाइरा’मा प्रमोदको लुक्सको चर्चा

अभिनेता प्रमोद अग्रहरिलाई फरक काम गर्ने अभिनेताको रुपमा हेर्ने गरिन्छ । उनले जति पनि चलचित्रमा काम गर्छन्, आफूलाई भिन्न अवतारमा प्रस्तुत गर्छन् । प्रमोदलाई उनको नामले भन्दा पनि चरित्रबाट चिन्ने जमात बढी छ ।

प्रमोद अभिनित नयाँ चलचित्र ‘जाइरा’ रिलिजको तयारीमा छ । भदौ ६ गतेबाट रिलिज हुने यस चलचित्रमा प्रमोदको लुक्स विल्कुलै भिन्न छ । खलपात्रको भूमिका निर्वाह गरेको प्रमोदको लुक्स डरलाग्दो छ । अनुहारको एक पाटो पूरै रगतले पोतिएको छ ।

प्रमोदको यो लुक्सलाई दर्शकले पनि निकै रुचाएका छन् । धेरैले प्रमोदको लुक्सको तारिफ गरिरहेका छन् । हालै सार्वजनिक चलचित्रको ट्रेलरमा आएका प्रतिक्रियाबाट पनि उक्त कुरा थाहा पाउन सकिन्छ ।

चलचित्रमा भएको भूमिकामा प्रमोदले निकै मेहनत गरेका छन् । स्क्रीप्ट भएको क्यारेक्टरलाई दमदार बनाउन धेरै समय खर्चिएका छन् । प्रमोद भन्छन्, ‘जब मैले क्यारेक्टर पाएँ त्यस बलियो बनाउन धेरै मेहनत गरेको छुँ । मेरो क्यारेक्टर धेरै जसो म आफैँले लेखेको पनि छु ।’

प्रमोद आफ्नो भूमिका र मेहनतलाई दर्शकले रुचाउनेमा विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment