
काठमाडौं । भारतको सीआईबी अदालतले पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई २६ अगष्टसम्म प्रहरी हिरासतमा पठाएको छ ।
सीआईसीले अनुसन्धानका लागि ५ दिनको समय मागेको थियो भने चिदम्बरमका वकिल कपिल सिब्बल र अभिषेक मनु सिंघवीले धरौटीमा छाड्न माग गरेका थिए ।
सीआईबी अदालतले चिदम्बरमको दाबीलाई अस्वीकार गरेको छ र हिरासतमा पठाएको छ । परिवारका सदस्य र वकिलले उनलाई दैनिक ३० मिनेट भेट्न पाउनेछन् ।
अदालतमा पेश गर्नुअघि सीआईबी मुख्यालयमा चिदम्बरमसँग तीन घन्टा सोधपुछ गरिएको थियो । उनीसँग विदेशी बैंक अकाउन्टबारे समेत सोधिएको थियो तर उनले विदेशी बैंकमा खाता नभएको बताए । उनको टोरा कार्तिको अकाउन्ट छ, यो आरबीआईको नियमअनुसार भएको चिदम्बरमले बताए ।
भारतको केन्द्रीय जाँच एजेन्सी सीबईआईले पूर्व वित्तमन्त्री चिरम्बरमलाई बुधबार राति निटकीय रुपमा गिरफ्तार गरेको थियो ।
यसअघि उनले आफू कानूनसँग नभाग्ने बरु शरणमा जाने बताएका थिए । हाई कोर्टमा निवेदन पनि दिउका थिए तर खारेज भयो । उनी सर्वोच्च गए तर तत्काल उनको पक्षमा निर्णय भएन ।
यसबारे शुक्रबार थप सुनुवाई हुनेछ । तर त्यसको दुई दिन अघि नै उनी पक्राउ परेका छन् ।
प्रतिक्रिया 4