+
+
Shares

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते २२:३०

५ भदौ, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपति प्रा.डा. संगीता भण्डारीले आफूहरुलाई विभिन्न बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिनेलगायतका काम गरेको आरोप लगाउँदै उनीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।

उपकुलपतिलाई नै सम्बोधन गरिएको राजीनामा पत्रमा लेखिएको छ, ‘चरम मानसिक पीडाको स्थिति सिर्जना भएको कारण हामी आज उप्रान्त कुनै पनि किसिमको चिकित्सकीय काम गर्न नसक्ने स्थिति भएको जानकारी गराउन चाहन्छौं । यसका साथै आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हामी सम्पूर्ण चिकित्सकले बाध्य भई सामूहिक राजीनामा दिएको कुरा जानकारी गराउँदछौं ।’

राजीनामा दिएकाहरुको सूचीमा २५ जनाको नाम लेखिए पनि हस्ताक्षर भने २२ जनाको मात्र छ ।

हेर्नुहोस् राजीनामा दिनेहरुको नामावली

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?