Comments Add Comment

८२ जनाको अनौठो परिवार, जहाँ हरेक दिन पाक्छ २५ किलो अन्न

अहिले संयुक्त परिवारको चलनबाट समाज विस्तारै एकल पारिवारिक संरचनामा गइरहेको छ । तर भारतमा भने एउटा यस्तो परिवार छ, जुन संयुक्त मात्र होइन भीमकाय नै छ । उक्त परिवारमा ८२ जना सदस्य रहेका छन् ।

उत्तरप्रदेशको इलाहावादमा रहेको भरौचा गाउँमा रहेको उक्त परिवार सायद विश्वको सबैभन्दा ठूलो परिवार हो ।

उक्त परिवारका मुलीको नाम राम नरेश हो । उनको उमेर ९८ वर्षको भयो । उनको परिवारका ८२ जना सदस्यहरु सँगोलमा बस्दै आएका छन् । परिवारका सदस्यमध्ये ७४ जना त वालिग नै छन् र चुनावमा भोट हाल्दै आएका छन् ।

यो गाउँमा यस परिवारको क्रेज यतिधेरै छ कि चाहे लोकसभा चुनाव होस् वा विधानसभा वा पञ्चायतको चुनाव नै किन नहोस् उक्त परिवारकहाँ नेताहरुको ताँती लाग्दछ । परिवारका सप्पै सदस्यको भोट एकातर्फ गएमा चुनाव परिणाम नै फरक पर्नसक्ने हैसियतको छ । त्यसैले भोट माग्नका लागि नेताहरु त्यहाँ धाउने गरेका छन् । रोचक त के भने चुनावका बेला परिवारका सबै सदस्य एकसाथ भोट हाल्न जान्छन् । उनीहरु भोट हाल्न जाँदा र फर्किँदा एउटा मेला नै लागेजस्तो देखिन्छ ।

दिनहुँ २५ किलो अन्न

८२ जनाको यो परिवारको खान्की कति होला ? सो परिवारले एक दिनमा खाने अन्नले सायद तपाइँ हाम्रो परिवारलाई महिना दिनलाई पुग्नसक्छ । उक्त परिवारमा हरेक दिन १५ किलो चामल तथा १० किलो आटाको परिकार पाक्दछ । खाना बनाउने काम घरका महिला सदस्यहरुले गर्दछन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment