+
+

मानवअधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ

रासस रासस
२०७६ भदौ ७ गते ७:३३

७ भदौ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ ।

आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँका मानवअधिकारको अवस्था अध्ययन तथा अनुभव आदान–प्रदानका लागि शुक्रबार गएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार टोलीले दक्षिण अफ्रिकाको मानवअधिकार आयोगबाट मानवअधिकार संरक्षण र संवर्द्धनको क्षेत्रमा हुँदै आएका विभिन्न कार्य, उजुरी ग्रहण, अध्ययन अनुसन्धान प्रक्रिया सम्बन्धमा छलफल तथा जानकारी लिनेछ ।

सोही अवसरमा त्यहाँ रहँदा टोलीले सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन, कार्य प्रक्रिया, सिफारिश तथा कार्यान्वयन सम्बन्धमा तत्कालीन पदाधिकारी, नागरिक समाजलगायत अन्यसँग भेटघाट छलफल तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?