+
+

गुल्मीका पहिरो पीडितलाई एनआरएनए युगान्डाको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ७ गते ११:१९

कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर सहयोग गरेको छ ।

गाउँपालिकामार्फत एक हजार अमेरिकी डलर नगद सहयोग एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरी शनिबार पठाइएको हो ।

एनआरएनए युगान्डाका नवनिर्वाचित अध्यक्ष बिनोद थापाले बिपत्तिमा परेका विपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त रकम सहयोग बाँडिने जानकारी दिए ।

संघका अन्तर्राष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै उक्त रकम सत्यवती गाउँपालिकामा यथाशीघ्र पठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?