काठमाडौं । आनन्द लेप्चाले राखेको २० बर्ष पुराने राष्ट्रिय किर्तिमानलाई तोड्दै शैयद हम्जा शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
हङ्गेरीको राजधानी बुढापेष्टमा आयोजना भइरहेको ७ औं फिना बिश्व जुनियर पौडी च्याम्पियनसिप २०१९ मा हम्जाले १०० मिटर बटरफ्लाईमा १ मिनट १.२२ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघले जनाएको छ ।
यसअघि आनन्द लेप्चाले १९८९ मा पाकिस्तानमा आयोजना भएको चौथौ दक्षिण एशियाली खेलकुदमा १ मिनट ३.४३को कीर्तिमान राखेका थिए ।
च्याम्पियनसिपमा अदिप्सा बैद्यले पनि आफ्नो नाममा नयाँ कीर्तिमान बनाएकी छन् । उनले १०० मि. ब्रेष्ट स्ट्रोकमा टिशा शाक्यले बनाएको १ मि. २५.८२ सेकेन्डको समयलाई पछि पार्दै १ मि.२३.८९ सेकेन्डमा साथ बैद्यले आफ्नो नाममा नयाँ कीर्तिमान बनाएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4