Comments Add Comment

भारतीय प्रधानमन्त्री मोदीलाई युएईको ‘अर्डर अफ जायेद’ सम्मान

८ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ । यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन् ।

युएईमा उच्चस्तरीय भेटवार्तापछि शनिबार उनलाई उक्त सम्मानले सम्मानित गरिएको थियो । यो सम्मान विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई युएई सरकारले प्रदान गर्ने प्रतिष्ठित सम्मान हो ।

युएईका संस्थापक शेख जायेद विन सुल्तान अल नहयानको नाममा स्थापना गरिएको उक्त सम्मानबाट सन् २००७ मा रुसका राष्ट्रपति भल्लादिमिर पुटिन, सन् २०१६ मा बेलायती महारानी एलिजावेथ र सन् २०१८ मा चिनियाँ राष्ट्रपति सि चिनफिङ सम्मानित भइसकेको युएईको विदेश मन्त्रालयले बताएको छ ।

सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम गत अप्रिलमा चयन भएको थियो ।

यूएई भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले अरब क्षेत्र तथा एसिया क्षेत्रमा देखिने गरेका आतंकवादी गतिविधिप्रति चिन्ता प्रकत गर्दै यसविरुद्धको लडाइँमा भारत सधैँ युएईको साथ रहेको प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment