Comments Add Comment

आर्सनलमाथि लिभरपुलको सहज जित

काठमाडौं । मोहम्मद सलाहको दुई गोलसँगै लिभरपुलले प्रिमियर लिगमा आर्सनलमाथि सहज जित हात पारेको छ ।

शनिबार भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफको अन्त्यतिर जोइल माटिपको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफको सरुमा लिभरपुलले पेनाल्टी पायो, जसमा सलाह चुकेनन् । खेलको ५८ औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए ।

खेलको अन्त्यतिर आर्सनलका टोरेराले सान्त्वना गोल गरे । खेलको अन्तिम १० मिनेटलाई बिर्सने हो भने खेल पूर्णत: लिभरपुलको कब्जामा थियो । ‘यो शक्ति, ऊर्जा र प्यासनले भरिएको प्रदर्शन थियो, जुन आर्सनल जस्तो टिमसँग खेल्दा चाहिन्छ’, टिमको प्रदर्शनबाट सन्तुष्ट प्रशिक्षक जोर्गेन क्लोपले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment