Comments Add Comment

बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भलाडोलिडले रियल मड्रिडले बराबरीमा रोकेको छ ।

शनिबार राति भएको खेलमा भलाडोलिडले रियललाई १–१ को बराबरीमा रोकेको हो । सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले ८२ औं मिनेटमा मात्र गोल गर्न सकेको थियो । उसका लागि करिम बेन्जिमाले गोल गरे ।

तर निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा सेर्गी ग्वार्डिओलाले बराबरी गोल फर्काए । भलाडोलिड शायद तीन अंक नै बटुल्थ्यो होला तर ग्वाल्डो रोबियोको प्रयासलाई रियल मड्रिडका गोलरक्षक थिबाउ कोर्टुवाले असफल पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment