Comments Add Comment

मुटुलाई स्वस्थ्य राख्ने काइदा

मुटु कति महत्वपूर्ण हो भनेर त भनिरहनु परेन । त्यसो त हाम्रो शरीरका सबै अंगहरु महत्वपूर्ण छन् । शरीर राम्ररी सञ्चालन हुन सबै अंग स्वस्थ हुनु आवश्यक छ । शरीरका सबै अंगमध्ये मुटु सबैभन्दा महत्वपूर्ण अंग हो । त्यसैले मुटुमा कुनै प्रकारको समस्या नहोस् भन्नाको लागि यसको विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

हामीले खाएका चिल्ला र अन्य खानेकुराले शरीरमा धेरै कोलेस्ट्रेल जम्मा हुन्छ, जसले मुटुलाई आफ्नो कार्य गर्न अवरोध पुर्‍याउँछ । यसका कारण मुटु दुख्ने र हृदयाघात समेत हुने सम्भावना हुन्छ ।

मुटुसम्बन्धी समस्या उत्पन्न हुने एकमात्र कारण कोलेस्ट्रोल हो । हाम्रो शरीरमा भएको लिभर -कलेजो)द्वारा निर्मित बोसोयुक्त पदार्थ नै कोलेस्ट्रोल हो, जसको उपयोग शरीरमा विभिन्न कामहरु गर्नको लागि सहयोगको लागि हुन्छ । करिब ७५ प्रतिशत कोलेस्ट्रोलको उत्पादन लिभरले गर्छ, बाँकी हामीले खाएको खानाबाट प्राप्त हुन्छ । कोशिका निर्माण गर्न आवश्यक पर्ने भएकोले हाम्रो शरीरले यसको प्रयोग गर्छ । कोलेस्ट्रोलविना हामी हार्मोनलाई सन्तुलनमा राख्न सक्दैनौं ।

कोलेस्ट्रोललाई हामी दुई अर्थबाट चिन्न सक्छौं- राम्रो कोलेस्ट्रोल र नराम्रो कोलेस्ट्रोल । तर हामी कोलेस्ट्रोल शब्दको प्रयोग हाम्रो शरीरलाई हानी पुर्‍याउने नराम्रोको लागि गर्छौं । हामी कोलेस्ट्रोललाई मुटुमा उत्पन्न हुने समस्याको एकमात्र कारकको रुपमा लिन्छौं, जुन सही कुरा होइन ।

मुटुसम्बन्धी समस्याका धेरै कारणहरु हुन्छन् । ब्लकेज, सुन्निनु, पोल्नु, खराब जीवनशैली, तनाव जस्ता कारणहरुले मुटुसम्बन्धी समस्या उत्पन्न हुन्छ । कोलेस्ट्रोलको कारण मुटुमा ३० प्रतिशतमात्र समस्या हुन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रित गर्नुभन्दा मुटुसम्बन्धी अन्य कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

स्वस्थ जीवनशैली अपनाएर मुटुसम्बन्धी रोगहरु लाग्नबाट बच्न सकिन्छ । मुटुलाई स्वस्थ राख्न के गर्ने भन्ने बारेमा जानकारी राख्नु अनिवार्य छ ।

राम्रो खानपान

स्वस्थ्यवर्द्धक खानपानले मुटुसम्बन्धी रोगहरु लाग्ने सम्भावना कम हन्छ । फलफूल, तरकारी र विभिन्न किसिमका अन्नहरुको सेवन गर्नाले मुटुलाई स्वस्थ हुन्छ । मुटु स्वस्थ राख्न चिनी र नुनको अधिक सेवनबाट बच्नु पर्छ । बोसोयुक्त खानेकुराको सेवन सीमित रुपमा गर्नुपर्छ ।

त्यसैले सर्वप्रथम खाना पकाउने तेल छनौट गर्दा ध्यान दिनुपर्छ । र, तेलको प्रयोग पनि सही अनुपातमा हुनु आवश्यक छ । तपाईंले छनौट गर्नु भएको तेलमा भिटामिन ए, डी, ई हुनु आवश्यक हुन्छ । अल्कोहल र सुर्तीजन्य पदार्थबाट टाढा रहनु पर्छ ।

तौल नियन्त्रणमा राख्नुपर्छ

बढी वजन हुनुको अर्थ हाम्रो कम्मर वरपरको भागमा अतिरिक्त बोसो जम्नु हो । यसले मुटुसम्बन्धी समस्याहरु उत्पन्न गराउँछ । दिनहुँ नियमित व्यायाम गर्नाले मुटुसम्बन्धी रोगहरु लाग्नबाट बच्न सकिन्छ । स्वस्थ खाना र आवश्यक व्यायाम गर्नाले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

तनाव नलिने, आठ घण्टा सुत्ने

तनावलाई नियन्त्रणमा राख्नका लागि ध्यान गर्ने, तनावमुक्त हुने किसिमका अभ्यासहरु गर्नु पर्छ । यदि तपाइर्ंलाई निन्द्रा लाग्दैन भने त्यसको कारणले मोटोपन, उच्च रक्तचाप, हृदयाघात, मधुमेह जस्ता रोगहरु लाग्छन् । हरेक व्यक्तिले, विशेष गरेर वयस्कले, राति ७ देखि ८ घण्टा सुत्नु अत्यन्त आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment