+

साफ यू-१५ च्याम्पियनसिप : नेपालद्वारा बंगलादेश पराजित

२०७६ भदौ  १० गते १७:२९ २०७६ भदौ १० गते १७:२९
साफ यू-१५ च्याम्पियनसिप : नेपालद्वारा बंगलादेश पराजित

१० भदौ, काठमाडौं । नेपालले साफ यू-१५ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई पराजित गरेको छ ।

भारतको कल्याणी रंगशालामा भएको आफ्नो तेस्रो खेलमा नेपालले बंगलादेशलाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल भने खान पुग्यो । आजको खेलमा नेपाल पराजित भएको भए प्रतियोगितामा उपाधि जित्ने लक्ष्य समाप्त हुने थियो । तर बंगलादेशमाथि जित हात पारेसँगै नेपालको उपाधि यात्रा पनि कायमै रहेको छ ।

नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । यसअघि भएको पहिलो खेलमा भने आयोजक भारतसँग पराजित भएको थियो । तर दोस्रो खेलमा भने नेपालले श्रीलंकालाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

राउण्ड रोविनको आधारमा सञ्चालन भएको जारी प्रतियोगिताको अन्तिम खेल मा नेपालले अब भुटानसँग अगष्ट २९ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणको खेल सकिएपछि शीर्ष दुईमा पर्ने टिम फाइनलमा प्रवेश गर्ने छ । नेपालले अब आफ्नो अन्तिम खेलमा भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना बलियो रहेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय