Comments Add Comment

आमालाई आफ्नो स्टारडम देखाउन नपाउने बलिउड स्टारहरु

हामी जब कुनै राम्रो काम गर्छौं अथवा मानिसहरुले हाम्रो कामलाई सराहना गर्छन्, त्यो बेला हामी बुवा-आमा साथमै हुनुहोस् भन्ने चाहन्छौं । आफ्ना बुवा-आमाको अघिल्तिर चर्चित हुनुको आनन्द नै बेग्लै हुन्छ । हामी जस्तै फिल्मी क्षेत्रका स्टारहरु पनि के सोच्दछन् भने उनीहरुको आमा-बुवा उनीहरुको स्टारडमको साक्षी बनुन् । तर, हरेक फिल्मी स्टारहरुको उक्त इच्छा पूरा हुँदैन ।

कुरा गर्दैछौं छ त्यस्ता फिल्मी स्टारहरुको, जसले स्टारडम हासिल गर्नुभन्दा पहिला नै आफ्नी आमालाई गुमाएका थिए ।

जान्हबी कपुर

श्रीदेवी तथा बोनी कपुरकी छोरी जान्हबी कपुर बलिउडकी लोकप्रिय अभिनेत्री बनिसकेकी छिन् । उनलाई ठूला ब्यानरका थुप्रै फिल्महरुबाट अभिनयका लागि प्रस्तावहरु आइरहेका छन् । तर, उनको पहिलो फिल्म ‘धडक’ प्रदर्शन हुनुअघि नै उनकी आमा श्रीदेवीको निधन भयो । स्वयं भारतीय सिनेमाकी ठूलो स्टार रहिसकेकी श्रीदेवीले आफ्नी छोरी जान्हबीलाई स्टार बनेको देख्नै पाइनन् ।

अर्जुन कपुर

जान्हबी कपुरकै जस्तो दुर्भाग्य उनका सौतेला दाइ अर्जुन कपुरको पनि भयो । उनको पहिलो फिल्म ‘इशकजाने’ प्रदर्शन हुनुभन्दा डेढ महिनाअघि मात्रै उनकी आमा मोना कपुरको निधन भएको थियो । उनी क्यान्सरकी बिरामी थिइन् । अर्जुनलाई आजसम्म पनि के कुराको दुःख छ भने उनकी आमा उनको पहिलो फिल्म हेर्नै नपाई यो संसारबाट विदा भइन् ।

शाखरुख खान

बलिउडका किङ खान अर्थात शाहरुख खान आमा लतिफ फातिमा खानसँग निकै नजिक थिए । उनकी आमाको सपना के थियो भने उनका छोराका फिल्महरुमा अभिनेता दिलीप कुमारले काम गरुन् । तर, जब शाहरुख खान फिल्ममा संघर्ष गरिरहेका थिए, उनकी आमा बिरामी पर्न थालिन् । शाहरुख खानको पहिलो फिल्म ‘दिवाना’ प्रदर्शन हुनुभन्दा अघि नै उनकी आमा यो संसारबाट विदा भइन् ।

सञ्जय दत्त

अभिनेता सञ्जय दत्त पनि ती कलाकारको सूचीमा छन्, जसले आफ्नी आमालाई आफ्नो पहिलो फिल्म प्रदर्शन हुनुभन्दा अगाडि नै गुमाए । सञ्जय दत्तको फिल्म ‘रकी’ प्रदर्शन हुनुभन्दा केवल पाँच दिनअघि उनकी आमा नरगिस दत्तको निधन भएको थियो । नरगिस स्वयं बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् ।

सुशान्त सिंह राजपूत

टेलिभिजन धारावाहिकबाट बलिउडमा स्थापित भएका अभिनेता हुन् सुशान्त सिंह राजपूत । सुशान्तले फिल्ममा पाएको लोकपि्रयतालाई उनकी आमाले देख्न पाइनन् । सुशान्तले सन् २००८ मा धारावाहिक ‘किस देश में है मेरा दिल’ मार्फत अभिनय यात्रा सुरु गरेका थिए । जबकी उनकी आमाको निधन सन् २००२ मै भैसकेको थियो । धारावाहिकपछि उनले फिल्म क्षेत्रमा आफ्नो यात्रा सुरु गरे । फिल्ममा समेत उनले सफलताको स्वाद चाखिसकेका छन् ।

प्रतीक बब्बर

अभिनेत्री स्मिता पाटिल तथा अभिनेता राज बब्बरका छोरा प्रतीक बब्बर त ती कलाकारहरुमध्ये एक हुन्, जसले आफ्नी आमालाई आफ्नो बाल्यकालमै गुमाउन बाध्य भए । प्रतीकको लालन-पालन उनकी हजुर बुवा-हजुर आमाले गरेका थिए । सन् १९८६ मा प्रतीक जन्मिने क्रममै उनकी आमाको निधन भएको थियो । उनको जन्मको क्रममा स्तिमा पाटिलको स्वास्थ्य अवस्था नराम्ररी बिग्रिएको थियो, त्यही बेलै उनको निधन भयो । प्रतीकले बलिउडमा सन् २००८ मा डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment