Comments Add Comment

एनआरएन युएईको नेतृत्व हस्तान्तरणमा विवाद

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नेपाल एशोसिएसन युएईको नवनिर्वाचित नेतृत्व हस्तान्तरणमा विवाद देखिएको छ । नवनिर्वाचित कार्यसमितिले अघिल्लो समितिलाई बेवास्ता गरेको भन्दै विवाद सिर्जना गरिएको छ ।

अगष्ट १६ मा दुवईमा भएको अधिवेशनले प्रकाश कोइरालाको नेतृत्वमा एनआरएन युएईको नयाँ नेतृत्व चयन गरेको थियो ।

एनआरएनए युएई  स्थानीय निकायमा दर्ता नभएपछि र दर्ता भएको नेपाल एशोसिएसनसँग सहकार्य गरेर गतिविधि गर्दै आएको थियो । निवर्तमान अध्यक्ष रमेश श्रेष्ठको कार्यकालमा एनआरएनए र नेपाल एशोसिएसनबीच सहकार्य भएको थियो । नेपाल एशोसिएसन स्थानीय निकायमा दर्ता भएको सँस्था हो ।

स्थानीय निकायमा दर्ता भएको नेपाल एशोसिएसनले स्वीकृति नलिदै  एनआरएनए युएईको चुनावी प्रकृया सम्पन्न भएपछि समस्या देखिएको छ ।

यहाँको क्षेत्रीय नेतृत्व राजनीतिक संयन्त्रको सहमतिमा चयन भएको थियो । तर, केन्द्रीय नेतृत्व चयनमा स्थानीय निकायको नियमलाई बेेवास्ता गरेको निवर्तमान अध्यक्ष श्रेष्ठले बताए ।

राजनीतिक सहमतिमा नेकपा, नेपाली कांग्रेस र राप्रपा सहभागी थिए । दुबई र आबुधाबीमा राप्रपाले अध्यक्ष पाएको छ भने अन्य राज्यमा नेकपा र नेपाली कांग्रेसबीचको सहमतिमा नेतृत्व चयन गरिएको छ ।

निवर्तमान अध्यक्षको ध्यानाकर्षण

केन्द्रीय समितिले स्थानीय निकायबाट स्वीकृति पाएको मिति अगावै नेतृत्वको जिम्मेवारी लिएको, अघिल्लो समिति भंग नगरी सपथ खाएको निवर्तमान अध्यक्षको आरोप छ ।

श्रेष्ठले यो विषयमा आफ्नो ध्यानाकर्षण जाहेर गर्दै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी)लाई समेत पत्र पठाएका छन् ।

उनले सहमतिअनुसार नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको तर निर्वाचित समितिले प्रकृयालाई बेवास्ता गरेकोले समस्या उत्पन्न भएको उल्लेख गरेका छन् ।

स्थानीय निकायको स्वीकृतिले आगामी ३० अगष्टमा महाधिबेशन गर्दै नयाँ कार्यसमितिलाई सपथ ग्रहणसँगै कार्यभार हस्तान्तरण गर्ने तयारी भइसकेको थियो । तर, अगष्ट १६ मै अधिवेशन गरेर वर्तमान नेतृत्व चयन भइसकेको छ ।

साथै स्थानीय निकायको स्वीकृति बारे जानकारी हुँदाहुँदै निर्वाचन कमिटीका केही व्यक्ति र एनआरएन मध्यपूर्व उपसंयोजक गोपाल कंडेलको उपस्थितिमा एकलौटी रुपमा समितिलाई सपथ खुवाएको श्रेष्ठको आरोप छ ।

एनआरएनए युएई र नेपाल एशोसिएसन एकै संस्था भइ २ वर्षे कार्यकालका लागि कानुनी प्रक्रिया अगाडि बढिरहेको अवस्थामा विभिन्न समस्या खडा गरिएको उनले बताए ।

पद हस्तान्तरण गर्न आवश्यक कागजात तयार पार्न तथा हस्ताक्षर गर्न नयाँ समितिले बेवास्ता गरेको उनले बताए ।

स्थानीय निकायसँग अनुमति लिन र सबै सदस्य कानुनीरुपमा नेपाल एशोसिएसनको नाममा दर्ता रहेकोले आईसीसीमा सदस्यता तथा सदस्यता शुल्क बुझाउनसमेत समस्या परेको छ ।

उनले समस्या समाधानमा भूमिका खेल्न आईसीसी अध्यक्षलाई आग्रह गरेका छन् । एनआरएन युएईमा २ वटै कार्यसमिति क्रियाशील रहेको छ ।

निर्वाचित समितिले स्थानीय नियम पालना नगरी अघि बढेको अवस्थामा नेपाल एशोसिएसन र एनआरएनए अलग तरिकाले चल्ने श्रेष्ठले स्पष्ट पारे ।

निर्वाचित समिति नै वैधानिक

एनआरएन मध्यपूर्व उपसंयोजक गोपाल कंडेलले अहिले बनेको समिति नै वैधानिक रहेको जनाएका छन् । २३ अगष्टदेखि उक्त समिति वैधानिक रुपमा परिचालित भइसकेको उनको ठहर छ ।

उनले भने, ‘श्रेष्ठको सहमतिमा एनसीसी युएईको २०१९-२१ कार्यकालको समिति गठन गरी सपथ ग्रहण गराइएको हो । निवर्तमान समिति १६ तारिखÞमा भंग हुनूपर्ने थियो तर त्यो मिति परिवर्तन गरेर २३ तारिख पुर्‍याइँयो । २३ तारिखमा स्वत समिति भंग भयो ।’ त्यसपश्चात म्याद थपिएको सूचना जाहेर गरे पनि समिति आफैमा निष्कृय हुने आईसीसीको विधानमा उल्लेख रहेको उनको तर्क छ ।

स्थानीय निकायको अनुमतिमा एनसीसी फारम हुने नभइ आईसीसीलाई गरिएको पत्राचार अनुसार हुने उनले स्पष्ट पारे ।

साथै नेपाली एसोसिएसनको मुख्य कार्यक्षेत्र दुवई मात्र रहेको हुदाँ कार्यगत एकता गरी युएईमा सामाजिक काम गर्ने सहमति भएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment