Comments Add Comment

‘मारुनी’ निर्देशकको गुनासो–‘मेरो श्रृजना गर्भमै रहँदा किन निमोठिए म ?’

निर्देशक नवल नेपालको निर्देशनमा तयार भएको चलचित्र ‘मारूनी’ रिलिजको तयारीमा छ । भोली शुक्रबार अर्थात् भदौ १३ गतेबाट चलचित्र हलमा रिलिज हुँदैछ । चलचित्र रिलिज हुन एक दिन मात्र बाँकी रहँदा निर्देशक नेपालले फेसबुकमा स्टाटस लेखेर असन्तुष्टी व्यक्त गरेका छन् ।

‘मलाइ बाले सिकाएनन् कसैको व्यवसायमा हस्तक्षेप गर्न, मलाई आमाले सिकाइनन् कसैको श्रृजनामा आक्रमण गर्न, फेरि पनि मेरो श्रृजना गर्भ मै रहँदा किन निमोठिए म ?’

नेपालको यो स्टाटस हलवालाहरुलाई लक्षित रहेको धेरैले वुझेका छन् । किनभने ‘मारूनी’सँगै रिलिज हुन लागेको बलिउड चलचित्र ‘साहो’लाई नेपालका मल्टिप्लेक्सले करिब ५ गुणा बढी सोज दिएका छन् । ‘साहो’को चेपुवामा ‘मारूनी’ परेको प्रष्ट देखिन्छ । आफ्नो चलचित्रले उचित शो नपाउँदा नेपालले फेसबुकमा गुनासो पोखेको अड्कल धेरैले लगाएका छन् ।

हलवालाहरुले ठूला विदेशी चलचित्र रिलिज हुँदा नेपाली चलचित्रलाई पराइको व्यवहार गरेको यो पहिलो घटना होइन । हल खाली हुँदा नेपाली चलचित्रलाई प्रशस्त शोज दिने हलवालाहरु विदेशी चलचित्र पाएपछि नेपाली चलचित्रलाई पराइको व्यवहार गर्छन् ।

चलचित्र बनाउँदा थुप्रै दुःख भोगेर बनाउने निर्माताहरु हलवालाहरुको यस्तै व्यवहारले दिक्क भैसकेका छन् । तर, आफूलाई पर्दा आफू मात्र कराउने चलचित्रकर्मीको बानीका कारण यो समस्या जस्ताको तस्तै छ । यो बिषयमा सिंगो चलचित्र क्षेत्रले आवाज उठाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment