Comments Add Comment

नाडामा सुजुकीः एक्सएल-६सहित हाईब्रिड गाडीहरुमा तानिए ग्राहक (भिडियो)

सुजुकी नेपालमा सर्वाधिक विक्री हुने प्यासेन्जर गाडी हो । यो जापानिज ब्रान्डलाई नेपालमा सिजी मोटोकर्पले बिक्री वितरण गर्छ । काठमाडौंमा चलिरहेको नाडा अटो शोमा सुजुकीको स्टलमा सबैभन्दा बढी घुँईचो देखिन्छ ।

नेपाली ग्राहकमाझ ठूलो विश्वास जमाइसकेको यो ब्रान्डले नाडाकै लागि ४ वटा नयाँ गाडी नेपाल ल्याएको छ । त्यसैले पनि नाडामा सुजुकी ग्राहकलाई सबैभन्द्या धेरै नयाँ गाडीक्ो विकल्प दिने ब्रान्ड बनेको छ ।

नेपाली बजारमा बिक्री गरिरहेको अन्य गाडीसहित नयाँ गाडीहरुले ग्राहकको ध्यान तानेको छ ।

नाडामा सजुकीका तीनवटा हाईबि्रड गाडी सार्वजनिक भएका छन् । अब सियाज पूर्णरुपमा नयाँ भर्सनमा आएको छ भने आर्टिगा र एसक्रस फेस लिफ्टमा आएका छन् ।

यी हाईबि्रड कारहरुले माइलेज बढाउँछन् । जाममा बस्दा पनि यसले इन्धन बचाउँछ । एसक्रस तीन भेरियन्टमा उपलब्ध हुनेछन् । जसमा एसक्रस डेल्टा, जेटा र अल्फा हुन् । यिनको मूल्य फरक तय भएको छ ।

आर्टिगा पनि तीनवटै भेरिन्टमा उपलब्ध छ। यसमा भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टको विकल्प छ ।

सियाज पूर्णरुपमा नयाँ विशेषतासहित आउँदैछ । यसका पनि तीनवटा भेरियन्ट छन् । यी गाडीहरुले नेपाली बजारमा सुजुकीलाई थप नयाँ उचाईमा लैजाने कम्पनीको दावी छ ।

नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल-६ गाडी पनि सार्वजनिक भएको छ । यो प्रिमियम डिजाइनको मल्टिप्रपोज गाडी हो । ६ सिट क्षमताको यो गाडी भित्री र बाहिरी रुप आकर्षक रहेको छ ।

यसको भित्री रुप प्रभावशाली छ । स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्री स्पेस सिर्जना गरिएको छ ।

उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रशबार डिजाइन, एलईडी डीआरएलएस, हेड ल्याम्पहरुले यो बास्तवमै यसलाई बलियो देखिएको छ ।

कालो अलोय ह्वील, लगायतका थुप्रै विशेषताहरुले गाडी आफैंमा आकर्षक बन्न पुगेको छ ।

एक्सएल६ मा पर्याप्तभित्री स्पेस रहेको छ, जसले गर्दा सहजै एउटा परिवार यात्रा गर्न हुन्छ । यसका भित्री एस्सोसरिजहरु पनि आकर्षक एवं विशेषतायुक्त छन् ।

यसमा भएका थुप्रै विशेषताहरुको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको नेक्सा सेफ्टी सिल्डको साथ सम्पूर्ण रुपमा सुरक्षित छ ।

भ्यान्टिलेटेड कपहोल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेट, लगायत थुप्रै विशेषताहरुले सुरक्षा एवं सहजताको तहलाई अझै माथि पुर्‍याएको छ ।

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने,’पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ, यसै मूल्य एवं मान्यतालाई आत्मसाथ गर्दै हामीले एक्सएल-६ गाडी प्रस्तुत गरेका छौं ।’

उनले एउटा परिवारलाई सँगै यात्रा गर्ने सुविधा प्रदान गर्न गाडी सक्षम रहेको बताए । ‘सबैभन्दा बढी खोजिने स्टाइल र कम्फोर्ट नै हो, जुन यसमा छ । आकर्षक स्टाइल, खुल्ला भित्री स्थान, सुविधा, कार्य क्षमता तथा सुरक्षा जस्ता प्रमुख विशेषता यसमा छन्,’ चौधरीले भने ।

यसमा मनोरन्जनको लागि १७.८ सेमिको स्मार्टप्ले स्टुडियो टचस्क्रिन रहेको छ, जसले गर्दा गाडी चलाउँदाको अवस्थामा स्मार्ट प्ले स्टुडियो एप्लिकेशनहरुको जीवन्त मनोरञ्जन लिन सकिन्छ ।

साथै इन्धन कम भएको जानकारी फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु पनि स्क्रिनमा देख्न सकिन्छ भने स्मार्ट फोनलाई सहजै आबद्ध गर्न सकिन्छ ।

एक्सएल-६ बीए ६ के १५ पेट्रोल इन्जिनको साथ स्मार्ट हाइबि्रड प्रविधिको प्रयोग गरिएको छ । यसमा लि-आईओन व्याट्री रहेको हुन्छ । के- १५ इन्जिनले ७७ किलोवाट मा ६ हजार आरपीएमको शक्ति उत्पादन गर्छ ।

यसको अधिकतम टर्क १३८ एमएममा ४ हजार ४ सय आरपीएम छ । साथै यसमामा ५ म्यान्युअल तथा ४ अटोमेटिक ट्रान्समिसनको विकल्प छ । यसमा ५ स्पीड म्यानुअल र ४ स्पीड अटोमेटिक ट्रान्समिसन  छ । यो १४६२ सीसीको गाडी हो ।

यसमा ५ औं पुस्ताको प्ल्याटर्फम, फ्रन्टल अफसेट इम्प्याक्ट, साइट इम्प्याकट र बटुवा सुरक्षा जस्ता सुरक्षालाई समायोजन गरिएको छ ।

यसमा एयर ब्याग, एबीएस, छ । ईबीडी ˆन्ट सिट बेल्ट, पि्र ट्रान्जिसनर,  र फोर्स लिमिटर्स, आईएओफिक्स चाइल्ड सिट छ । यसमा हाई स्पीड वार्निङ अलर्ट, रिभर्स पार्किङ सेन्सर जस्ता विभिन्न सुरक्षा सुविधा छ ।

यसको मूल्य जेटा भेरियन्टमा ४६ लाख ९९ हजार र अल्फामा ४७ लाख ९९ हजार रुपैयाँ छ । यो गाडी नेक्सा ब्लु, ब्रेभ खाकी, अर्बान रेड, म्याग्मा ग्रे, प्रिमियम सिल्भर र आर्कटिक हृवाइट कलरमा उपलब्ध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment