Comments Add Comment

यस्तो छ साहोको प्रारम्भिक समीक्षा

५ मा ४ स्टार

प्रभास तथा श्रद्धा कपूरको नयाँ फिल्म ‘साहो’ यही शुक्रवार अर्थात अगष्ट ३० का दिन प्रदर्शन हुँदैछ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकहरुहरु समीक्षकहरुमा समेत एक प्रकारको उत्सुकता छ । सबैलाई के कुराको प्रतिक्षा छ भने बाहुबली फेम  प्रभासको ठूलो पर्दाको पुनरागमन कस्तो छ होला ? फिल्मका समीक्षाहरु आउन थालिसकेका छन् । दुबईमा मनोरञ्जन पत्रकार तथा सेन्सर बोर्डका सदस्य उमेर सन्धूले ट्वीटमार्फत साहो कस्तो फिल्म हो भन्ने कुरा बताएका छन् ।

सेन्सर बोर्डका लागि गरिएको प्रदर्शनपछि पत्रकार उमरले साहोलाई ५ मा ४ स्टार दिएका छन् भने प्रभासलाई सबैभन्दा ठूलो स्टारको संज्ञा दिएका छन् । उमेर अनुसार, जो दर्शकहरुलाई डरलाग्दो एक्सन, कर्णप्रीय संगीत तथा मसाला फिल्महरुका सौखिन छन्, साहो फिल्म निश्चित रुपले उनीहरुकै लागि निर्माण गरिएको हो । साहोका एक्सन स्टन्टहरु आश्चर्यचकित गर्ने शैलीका छन्, ती दृष्यहरु हेर्दैमा शरीरमा काँडा उम्रन सक्छ । उमरले लेखेका छन्-‘प्रभासलाई टक्कर दिने कोही छैनन्, अब उनी भारतको स्टार हुन् ।’

यसअघि उमरले अगष्ट २३ मा पनि साहो हेरेपछि थुप्रै वटा ट्वीट गरेर फिल्मका बारेमा लेखेका थिए । उमरले लेखेका थिए-‘साहोको पहिलो हाफ उत्कृष्ट छ र प्रभासको इन्ट्रि पूर्ण रुपमा पैसा असुल्ने शैलीको छ । फिल्ममा एक्सन र पीछा डर्ने दृष्यहरु रोमाञ्चित गर्ने शैलीका छन् । प्रतिनायकको रुपमा प्रभासको कास्टिङ फिल्मको सबैभन्दा महत्वपूर्ण अंग हो । साहो फिल्मका उनी मुटु हुन् र हरेक दृष्यमा उनले आफ्नो छाप छोड्न सफल भएका छन् ।’ उक्त चरित्रमा प्रभासबाहेक अन्य कुनै पनि कलाकारको कल्पना नै गर्न नसकिने समेत उमेरले लेखेका छन् ।

साहो पूर्ण रुपले एउटा मनोरञ्जक फिल्म हो, जसमा स्टार पावर तथा स्टाइलको मिश्रण छ । प्रभासलाई पर्दामा हेरिरहँदा मन नै अघाउँदैन । प्रभासले उक्त चरित्रलाई उत्कृष्ट ढंगले निर्वाह गरेका छन् । पत्रकार उमेरको दावी छ-‘यो फिल्मले बलिउडका पुराना रेकर्डहरु तोडेर नयाँ कीर्तिमान बनाउने छ । यो फिल्म निश्चित रुपले एउटा ब्लकबस्टर सावित हुनेछ ।’

यो फिल्मलाई सुजीतले निर्देशन गरेका हुन् । फिल्ममा प्रभास र श्रद्धाका अतिरिक्त नील नितिन मुकेश, चंकी पाण्डे, ज्याकी श्राफ तथा महेश मांजरेकर महत्वपूर्ण भूमिकामा छन् । बाहुबली-२ पछि प्रभासले यही फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गरेका हुन् । साहो तेलुगुका अतिरिक्त हिन्दी, तमिल तथा मलयालम भाषामा प्रदर्शन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment