Comments Add Comment

बक्सर बन्दैछन् अभिनेता फरहान अख्तर

बलिउडका प्रतिभाशाली अभिनेताको रुपमा चिनिन्छन् फरहान अख्तर । उनै फरहान ‘भाग मिल्खा भाग’ पछि चाँडै नै एउटा स्पोर्ट्स ड्रामा फिल्म ‘तूफान’ मा देखिने भएका छन् । यो फिल्मको छायांकन बुधबारदेखि सुरु भएको छ । यो कुराको जानकारी स्वयं फरहान अख्तरले नै दिएका हुन् ।

फरहान अख्तरले आफ्नो इन्स्टाग्राममार्फत फिल्मको शुभमुहूर्तको तस्वीर सार्वजनिक गर्दै आफ्नो प्रशंसकहरुलाई फिल्मको छायांकन प्रारम्भ भएको जानकारी दिएका हुन् ।

फिल्म तुफानलाई राकेश ओमप्रकाश मिश्राले निर्देश्ान गरिरहेका छन्, जसमा रितेश सिधवानी, फरहान अख्तर तथा राकेश ओमप्रकाश मिश्रले लगानी गरेका छन् ।

केही दिनअघि मात्र फरहानले आफ्नो इन्स्टाग्रामबाट एउटा भिडियो पनि शेयर गरेका थिए, जसमा उनी बक्सिङ गरिरहेको देखिएका थिए । उक्त पोस्टमा फरहानले ‘छायांकन प्रारम्भ हुन केवल १० दिनमात्र बाँकी’ लेखेका थिए ।

उक्त फिल्ममा फरहानले एक बक्सरको भूमिका निर्वाह गर्दैछन्, जसका लागि उनले वर्ल्ड किक बक्सिङ च्याम्पियन ड्रू नीलसंग प्रशिक्षण लिइसकेका छन् । यो फिल्ममा बलिउडका लोकपि्रय कलाकारहरु परेश रावलले फरहान अख्तरको बक्सिङ कोचको महत्वपूर्ण भूमिका निर्वाह गर्दैछन्, जसका लागि उनले पनि प्रशिक्षण लिएका थिए ।

छ वर्षअघि फरहान अख्तर तथा राकेश ओमप्रकाश मिश्रले फिल्म ‘भाग मिल्खा भाग’मा सँगै काम गरेका थिए, उक्त फिल्म हिट भएको थियो ।

फरहान अख्तरले मिल्खा सिंहको भूमिकालाई आफ्नो उत्कृष्ट अभिनयमार्फत जीवन्तता प्रदान गरेका थिए ।

अहिले आएर पुनः एकपटक उनीहरुको जोडी ‘तूफान’मा सँगै काम गरिरहेको छ, जुन फिल्म खेलकुदमा आधारित छ । यो फिल्म सन् २०२० मा प्रदर्शन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment