१३ भदौं, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-२० क्रिकेट सिरिजका लागि भारतीय टिममा हार्दिक पाण्ड्याले स्थान बनाएका छन् ।
उनले भुवनेश्वर कुमारको स्थानमा १५ सदस्यीयभित्र पर्न सफल भएका हुन् । वेष्ट इन्डिजविरुद्धको टी-२० सिरिज भारतले ३-० ले जित्दाको टिममा एक जना मात्रै खेलाडी परिवर्तन गरिएको छ ।
तीव्रगतिका बलर भुवनेश्वर कुमारलाई विश्राम दिदै अलराण्डर हार्दिकलाई टिममा भारतले बोलाएको हो । भारतले यहि सेप्टेम्बरमा दक्षिण अफ्रिकासँग तीन खेलको टी-२० सिरिज खेल्दैछ ।
भारतीय टिम
विराट कोहली (कप्तान), शिखर धवन, रोहित शर्मा, हार्दिक पाण्ड्या, केएल राहुल, रिषभ पन्त, श्रेयस ऐयर, मनिष पाण्डे, रविन्द्र जडेजा, क्रुनाल पाण्ड्या, वासिङटन सुन्दर, राहुल चाहर, खालिल अहमद, दिपक चाहर, नवदिप सइनी ।
प्रतिक्रिया 4