Comments Add Comment

‘इन्साअल्ला’ नबन्दा संजयलाई १५ करोड भन्दा बढी घाटा

बलिउडका सफल निर्देशक संजयलिला भन्सालीको निर्देशनमा चलचित्र ‘इन्साअल्ला’ बन्ने पक्का भएको थियो । चलचित्रमा नायक सलमान खान र नायिका आलिया भट्टको मुख्य भूमिका रहने पक्का थियो । तर, यो चलचित्र छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि मात्र नबन्ने घोषणा गरियो । चलचित्र नबन्नुमा सलमान र संजयविच सहमती हुन नसक्नु मानिएको छ ।

तर, यो चलचित्र नबन्दा संजयलाई ठूलै रकम घाटा भने लागेको छ । चलचित्रको प्रि प्रोडक्शन, कलाकारलाई पेश्की रकम र सेट डिजाइनिङका कारण ठूलै रकम घाटा लागेको छ । भारतीय मिडियाका अनुसार, संजयले प्रि प्रोडक्शनकै लागि १५ करोड भन्दा बढी खर्च गरिसकेका थिए । उनले, नायिका आलिया भट्टलाई समेत पारिश्रमिकको केही प्रतिशत दिएका थिए ।

संजयले अगष्ट महिनाका लागि मुम्बइको मेहबुब स्टूडियो पनि बुक गरेका थिए । यसका लागि उनले केही रकम यो स्टूडियोलाई समेत चार्ज गरेका थिए । प्रि प्रोडक्शनमै चलचित्रका लागि यती रकम खर्च गरेका संजयले अन्तत चलचित्र नबन्ने भएपछि ठूलै रकम घाटा व्यहोर्नु परेको छ । यो चलचित्र उनकै प्रोडक्शन हाउसबाट बन्न लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment