Comments Add Comment

मारियन्ससँग नेपाल ८९ रनले पराजित

१३ भदौ, काठमाडौं । तेस्रो अभ्यास खेलमा नेपाली यू-१९ क्रिकेट टिम श्रीलंकाको चिलाव मारियन्ससँग ८९ रनले पराजित भएको छ ।

श्रीलंकामा आज भएको खेलमा नेपाली टिम मारियन्ससँग फराकिलो अन्तरले पराजति भएको हो । २२५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपाली युवा टिमले ४०.३ ओभरमा सबै विकेटको क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि आशिफ शेखले ४५ रन बनाए । त्यस्तै, भीम शार्की २६, रित गौत्तमले २५ र पवन सर्राफले १२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको थियो ।

मारियन्सले सुरुवात भने राम्रो गरेको थियो । १२.३ ओभरमा पहिलो विकेटको गुमाउँदा मारियन्सले ५० रन बनाएको थियो । नेपालका लागि सुर्य तामाङ र पवन सर्राफले समान २-२ विकेट लिए ।

श्रीलंकामा यहि भदौ १९ गतेदेखि एसीसी यू-१९ एसिया कप सुरु हुँदैछ । नेपालले यही प्रतियोगिताको लागि तयारी गरिरहेको छ । नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment