+

साफ यू–१५ च्याम्पियनसिप : उपाधिका लागि भोलि नेपाल र भारत भिड्दै

२०७६ भदौ  १३ गते १९:२५ २०७६ भदौ १३ गते १९:२५
साफ यू–१५ च्याम्पियनसिप : उपाधिका लागि भोलि नेपाल र भारत भिड्दै

१३ भदौ, काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भोलि नेपालले फाइनलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार पाँच बजेर १५ मिनेटमा सुरु हुनेछ ।

नेपाल बिहीबार भुटानलाई ६–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भारतले बंगलादेशलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल  पुगेको हो ।

राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताबाट बंगलादेश, श्रीलंका र भुटानभने समूह चरणबाटै बाहिरिएका थिए ।

लिग चरणमा भएको आफ्नो हारको बदला लिने नेपाललाई राम्रो मौका मिलेको छ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग ५–० गोलअन्तरको हार ब्यहोरेको थियो । भारतलाई पराजित गर्दै नेपाल उपाधि रक्षा गर्न चाहन्छ । तर भारत भने आफ्नै घरेलु मैदानमा उपाधि जित्ने रणनीतिमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय