Comments Add Comment

१० बैंकलाई मर्ज गरेर ४ बनाउने मोदी सरकारको घोषणा

काठमाडौं । भारत सरकारले सार्वजनिक बैंकहरु मर्ज गर्ने घोषणा गरेको छ । अब १० वटा बैंक मिलेर चार वटा बन्नेछ ।

वित्तमन्त्री निर्मला सीतारमणले एकैपटक धेरै बैंकहरु समायोजन गर्ने घोषणा गरेकी हुन् । यससँगै मन्त्री सीतारमणले बैंकहरुका लागि ५५ हजार २४० करोडको बेलआउट प्याकेज पनि घोषणा गरिन् ।

कुनकुन बैंक मर्ज हुने भए ?

पहिलो चरणमा पंजाब नेशनल बैंक, ओरिएन्टल बैंक अफ कमर्स र युनाइटेड बैंक समायोजन हुनेछ । तीन बैंक मिल्दा १७.९५ लाख करोड पुँजी भएको भारतकै दोस्रो ठूलो बैंक बन्नेछ ।

यस्तै केनरा बैंक र सिंडिकेट बैंक मर्ज हुनेछन् । दुई बैंकलाई मर्ज गर्दा १५.२० लाख करोडको पुँजी हुनेछ ।

युनियन बैंक, आन्ध्र बैंक र कर्पोरेशन बैंकलाई मर्ज गरेर देशकै पाँचौं सबैभन्दा ठूलो बैंक बनाइने वित्तमन्त्रीले बताइन् ।

भारतीय बैंक र इलाहाबाद बैंक विलय हुनेछन् । यसरी बन्ने बैंकको व्यवसाय ८.०८ लाख करोड हुनेछ ।

बैंकहरु समायोजन भएपनि त्यहाँ काम गर्ने कर्मचारीको जागिर नजाने अर्थ सचिव राजीव कुमारले बताए ।

मर्जरपछि बन्ने बैंकमा बैैंकका उच्च तहका पदाधिकारी राख्दा कुनै राजनीतिक हस्तक्षेप नहुने सरकारले प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment