Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’मा दया र उपासनाको प्रेम

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर रिलिज गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्र असोजको ३ गतेबाट रिलिज हुँदैछ । यसपटक, निर्देशक गुरुङले ट्रेलरमा नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई बढी केन्द्रित गरेका छन् ।

साथमा, नायक कर्मा, कलाकार विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । यसपटक, दयाहाङ र उपासना विचको प्रेम सम्बन्ध र आकर्षणमा ट्रेलर तयार भएको छ । सिनेमा आर्ट प्रालिको प्रस्तुतिमा बासुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्यमा यो चलचित्र बनेको हो ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारले लगानी गरेका छन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment