+
+

जिफानको अध्यक्षमा भोज गुरुङ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १३:३०

१५ भदौ, पोखरा । गुरुङ समुदायका चलचित्रकर्मीहरूको छाता संस्था गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) को छैटौं महाधिवेशनले भोजबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा गुञ्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रेशम गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा तोलबहादुर गुरुङ (लब्सन) चयन भएका छन् ।

यसैगरी विभागीय प्रमुखहरुमा आर्थिक विभागमा अर्जुन गुरुङ, प्रचारप्रसारमा रमेश गुरुङ, महिलामा ईन्द्रमाया गुरुङ, संघ–संस्था विभागमा गल गुरुङ, निर्माता निर्देशक विभागमा सोम गुरुङ, प्राविधिक विभागमा सन्तोष कोन्मे, भाषा तथा संस्कृति विभागमा गमबहादुर गुरुङ र गीत संगीत विभागमा राजबहादुर गुरुङ चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा ताराकुमारी गुरुङ, मोहनमाया गुरुङ, आइतराम गुरुङ र विश्वात्म गुरुङ चयन भएका छन् । अध्यक्ष, महासचिव र गीत संगीत विभागको संयोजक पदका लागि निर्वाचन भएको थियो भने बाँकी पदमा सर्वसम्मत चयन भएको थियो ।

गुरुङ फिल्म एशोसिएशन नेपाल २०६५ सालमा चलचित्रकर्मी माओत्से गुरुङको अध्यक्षतामा स्थापना भएको हो । गुरुङ चलचित्रका निर्देशक, निर्माता, कलाकार, प्राविधिक, गुरुङ गीतका गायक गायिका, संगीतकार सबैलाई समेटेर स्थापना भएको थियो । स्थापनाकालदेखि चलचित्रकर्मीका हकहित र गुरुङ भाषा, संस्कृतिको जगेर्नाको क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?