१५ भदौ, काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि ३२ जना महिला खेलाडी दोस्रो चरणमा छनोट भएका छन् ।
आइतबार महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले ४० जना प्रारम्भिक खेलाडीबाट ३२ खेलाडीलाई छनोट गरेका हुन् । साग खेलकुद यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुदैछ ।
नेपाली महिला फुटबल टिमले साग खेलअघि किर्गिस्तानमा हुने नदेजहदा कप खेल्नेछ । यो प्रतियोगितालाई नेपालले सागको मुख्य तयारीको रुपमा लिएको छ । यो प्रतियोगितामा किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहने छन् । यो प्रतियोगिता यहि भदौ २० देखि २७ गतेसम्म हुँदैछ ।
३२ सदस्यीय खेलाडी
गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ
डिफेन्डर : हिराकुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, निशा ठोकर, पुनम जर्घामगर, विमला विक, पूजा रानामगर, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, अमृता जैसी, कविता धिमाल
मिडफिल्डर : अञ्जिलीकुमारी योञ्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, शर्मिला थापा, सविता रानामगर, प्रिति राई
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा कृष्णा खत्री र रश्मीकुमारी घिसिङ ।
प्रतिक्रिया 4